सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा डढेलो नियन्त्रणको लागि पूर्वतयारी गरिँदै


  •    न्युजभित्तो/१३ फाल्गुन २०८१, मंगलवार १६:२४ 
  • चितवन, १३ फागुन । चितवनमा डढेलो नियन्त्रणका लागि पूर्व तयारी थालिएको छ । डिभिजन वन कार्यालय, चितवनले गर्मी बढेसँगै वन क्षेत्रमा डढेलो नियन्त्रणका लागि आवश्यक तयारी थालेको हो ।

    कार्यालयले डढेलो नियन्त्रणका लागि आवश्यक उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको वन डिभिजन कार्यालय चितवनका वन अधिकृत देविप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    उहाँका अनुसार, डिभिजन कार्यालयमा १२ जना अग्नि नियन्त्रकलाई समेत तयारी अवस्थामा राखिएको छ । यस्तै यस हप्तादेखि प्रहरी, ससस्त्र प्रहरीलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम प्रदान गरिनेसमेत उहाँले बताउनुभयो । डढेलो नियन्त्रणको स्रोतसाधनको व्यवस्था, पानी टयांकी, अग्नि रेखा निर्माण गर्ने काम भइरहेको छ ।

    टिकौली जंगल, विशालचोकबाट वन जाने सडक र लामाटोलबाट जंगलतिर जाने सडकतिर सरसफाई गरिने उहाँले बताउनुभयो । पौडेलले स्थानीय सरकार, प्रहरी, सरोकारवाला र वन डिभिजनका कर्मचारीबीच अन्तरक्रिया गरेर सञ्जाल बनाउने बताउनुभयो । यसबाट डढेलो नियन्त्रणका लागि सञ्चालन समेत बनाउने बताउनुभयो । यस्तै कार्यालयले डढेलो नियन्त्रणसम्बन्धी पोस्टर टास्ने, माइकिङ गरेर जानाकारी दिनेजस्ता तयारी गरिरहको छ ।

    चितवनमा विशेष गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल, ठोरीमा, बाँदुरझुला क्षेत्रका वनमा अगोलागी हुने गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन
    राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा
    पर्यटकका आर्कषणमा ऐना पहरा
    • बिमाले तोकेको भन्दा औषधिको बजार मूल्यमा ठूलो अन्तर
    • धापखर्कका १३ घरमा पानीको अभाव
    • सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव
    • नदी नियन्त्रण योजना समयअघि नै सम्पन्न

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.