सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व


  •    न्युजभित्तो/४ फाल्गुन २०८१, आईतवार १४:५८ 
  • चितवन, ४ फागुन । यहाँका चिकित्सक दम्पतीले सञ्चालन गरेको डाक्टर अजय, डाक्टर सरू फाउन्डेसनले देवघाटका १८ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेको छ । देवघाट गाउँपालिकाका चार वडाका १० विद्यालयमा अध्ययनरत ती बालबालिकाको अभिभावकत्व ग्रहण गरिएको हो ।

    साइराम डेन्टल केयरका सञ्चालकद्वय डा अजय न्यौपाने र डा सरू थापाले स्थापना गर्नुभएको सो फाउन्डेसनले विपन्न बालबालिकाको अभिभावकत्व ग्रहण गरेको हो । ती बालबालिकालाई फाउन्डेसनले शिक्षा, स्वास्थ्यसँगै अन्य आवश्यक पर्ने विषयमा सहयोग पु¥याउने जनाएको छ ।

    फाउन्डेसनले ती बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री, पोसाक, खेल र स्वास्थ्यका सामग्री वितरण गरेर अभिभावकत्व ग्रहणको सुरुआत गरेको हो । फाउन्डेसनका सञ्चालक डा न्यौपानेले ती बालबालिकाले उच्च शिक्षामा चिकित्सक, इन्जिनियरिङलगायतका महत्वपूर्ण विषय अध्ययन गर्न सकेमा त्यसमा समेत सहयोग गर्ने गरी अभिभावकत्व ग्रहण गरिएको बताउनुभयो ।

    यसरी छनोट गरिएका बालबालिका ५ देखि १२ वर्षका छन् । ती बालबालिका कोही बाबु र कोही आमा नभएका विपन्न रहेको देवघाटस्थित कालिका आधारभूत विद्यालयका भूतपूर्व विद्यार्थी मञ्चका अध्यक्ष विकास ढकालले बताउनुभयो ।

    चिकित्सक दम्पतीले साउनको अन्तिम साता फाउन्डेसनको घोषणा गरेपछिको यो तेस्रो कार्यक्रम हो । दम्पतीले अक्षयकोषमा रु १० लाख र सञ्चालन खर्च रु १० लाख विनियोजन गरेर काम अघि बढाउनुभएको हो । क्रमशः रकम थप गर्दै लगिने डा थापाले बताउनुभयो । थापाले अभिभावक गुमाएका विपन्न परिवारका बालबालिकालाई अभिभावक नभएको महसुस हुन नदिन अभिभावकत्व ग्रहण गरिएको बताउनुभयो ।

    फाउन्डेसनले बालबालिकाको दाँतमा समस्या आउन नदिन निःशुल्क सिल चितवन (किरा लाग्न सुरु गरेको दाँतमा सिमेन्ट भर्ने) अभियान पनि चलाइरहेको छ । उहाँहरुले फाउन्डेसन स्थापना अघि पनि ग्रामीण क्षेत्रमा पुगेर निःशुल्क क्याम्पमार्फत दाँतको उपचार गराउँदै आउनुभएको थियो । संस्थागत रुपमा काम गर्ने उद्देश्यले आफ्नै लगानीमा फाउन्डेशन स्थापना गरिएको हो । डा न्यौपाने भरतपुर अस्पतालको दन्त विभागका विभागीय प्रमुख हुनुहुन्छ । डा थापाले निजी क्षेत्रबाट साइराम डेन्टल केयर सञ्चालन गर्दै आउनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.