सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कक्षा पाँचको परीक्षा नगरस्तरीय बनाउँदै कालिका नगरपालिका, शुक्रबार ‘बुक फ्रि’


  •    न्युजभित्तो/१ जेष्ठ २०८२, बुधबार १८:३८ 
  • चितवन, ३१ वैशाखः चितवनको कालिका नगरपालिकाले कक्षा ५ को परीक्षा नगरस्तरीय बनाउने भएको छ । कक्षा ५ को परीक्षा नगरस्तरीय नहुँदा ६, ७ कक्षमा पुग्दा विद्यार्थीको शैक्षिक गुणस्तर खस्केको भन्दै नगरपालिकाले नगरस्तरीय परीक्षा लिने तयारी गरेको हो ।

    नगरपालिकामा रहेका प्रधानाध्यापकहरुको बैठक तथा अन्तक्र्रिया कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रमुख (मेयर) बिनोद रेग्मीले कक्षा ५ को परीक्षा नगरस्तरीय बनाउन निर्देशन दिनु भयो । उहाँले भन्नुभयो “बजेटको चिन्ता नगर्नुहोस्, शिक्षा गुणस्तरीय हुनु प¥यो, कक्षा ५ को परीक्षा नगरस्तरीय बनाउनुहोस् ।”

    सडक पूर्वाधारको बजेट घटाएर भए पनि शिक्षामा बजेट अभाव हुन नदिने प्रमुख रेग्मीको भनाई थियो । उहाँले विद्यालयको आन्तरिक आम्दानी बाँकी राखेर नगरपालिकामा बजेट माग्न नआउन भन्दै अगाडि थप्नुभयो “विद्यालयको बजेट बाँकी राखेर नगरपालिकामा माग गर्न नआउनुहोस्, तर बजेटको अभावमा शिक्षा क्षेत्रमा हुन दिन्नँ ।”

    साना–साना योजनाहरु सिधै नगरपालिकामा आएर लैजान सकिने भन्दै उहाँले दीर्घकालिन योजनाहरु बजेटमा राखेर आगामी वर्ष काम गर्ने बताउनुभयो । उहाँले शिक्षक आन्दोलनको समयको तलब निकासा गर्न समस्या भएको भन्दै प्रक्रिया पुगेकाहरुको निकासा तत्काल हुने बताउनुभयो ।

    विद्यालयमा शिक्षासँगै खेलकुदलाई पनि अगाडि बढाउनु पर्ने भन्दै प्रमुख रेग्मीले हरेक शुक्रबार ‘बुक फ्रि फ्राईडे’ सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो “हरेक शुक्रबार कुनै न कुनै अतिरिक्त क्रियाकलाप, खेलकुद, व्यवहारिक ज्ञान दिने गर्नुहोस् । शुक्रबार बुक फ्रि बनाउनुपर्छ ।”

    सो अवसरमा प्रधानाध्यापकहरुले नगरभरिका शिक्षक कर्मचारीको परिचयपत्र एउटै बनाउन माग गरेपछि प्रमुख रेग्मीले यो काम तत्काल हुने बताउनुभयो ।

    सो अवसरमा प्रधानाध्यापकहरुले विद्यालयमा रहेका समस्याबारे नगरप्रमुखलाई गुनासो राख्नु भएको थियो । नगरपालिकाको बजेट बनाउने समयमा भएको अन्तक्र्रियाले आगामी वर्ष शैक्षिक क्षेत्रमा बजेट व्यवस्थापन गर्न सहज हुने उहाँको भनाई थियो ।

    अन्तक्र्रियामा उठेका प्रश्नको तत्काल उत्तर दिंदै प्रमुख रेग्मीले सम्भव हुने कामलाई हुन्छ, सम्भव नहुने कामलाई हुँदैन भनेर सटिक जवाफ दिनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
    सदनको कारबाही नियमित सञ्चालन हुनुपर्छ: बुर्लाकोटी
    छैसट्ठीऔँ धौलागिरि आरोहण दिवस मनाइयो
    • मधेस प्रदेशको साक्षरता अभियान सामाजिक रूपान्तरण र मानव विकासको अभियानः शिक्षामन्त्री पोखरेल
    • श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    • कर्णाली प्रदेशको विद्युत् आपूर्ति सहज बनाउन पहल
    • समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.