सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

माडीमा अरण्य बुद्धको मूर्ति अनावरण


  •    न्युजभित्तो/२९ बैशाख २०८२, सोमबार २२:१५ 
  • माडी, २९ वैशाख । बुद्ध जयन्तीको अवसरमा माडी नगरपालिका वडा नम्वर ८ मा अवस्थित बाह्रघरे डाडाँमा सोमबार अरण्य बुद्धको मूर्ति अनावरण गरिएको छ ।

    टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले जापानबाट ल्याएको बुद्धको मूर्ति बौद्ध परम्परा अनुसार अनावरण गरिएको हो ।

    बुद्धको मूर्ति अनावरण गर्दै कार्यक्रमकी प्रमुख अतिथि माडी नगरपालिकाकी मेयर ताराकाजी महतोले बुद्धको मूर्ति अनावरण गर्ने कार्यले धार्मिक सहिष्णुताको भावनालाई कसिलो बनाउँदै माडीमा धार्मिक पर्यटकहरु भित्र्याउन सहयोग हुने बताउनुभयो ।
    कार्यक्रमकी विशिष्ट अतिथि टान्मार मियो सोसल वेलफेयर सेन्टर जापानकी अध्यक्ष मियो तान्नारा सानले बुद्ध मूर्ति स्थापना गरेर विकासको सुरुआत गरिएको जानकारी दिँदै आगामी दिनमा गुरु योजना बनाएर थप सहयोग गर्ने जानकारी दिनुभयो ।

    उहाँले बुद्ध मूर्ति स्थापना गर्नभन्दा यसको दिगो विकास महत्त्वपूर्ण भएकोले यसको संरक्षण गर्ने जिम्मा स्थानीय सरकार र समूदायको भएको जानकारी दिनुभयो ।

    वैदिक सनातन धर्म संरक्षण समिति, माडीका अध्यक्ष मथुरा बहादुर भण्डारीले चितवनको माडी धार्मिक सहिष्णुताको दृष्टिकोणले महत्वपूर्ण स्थल भएकोले यसको संरक्षणमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा बुद्धमूर्ति संरक्षण र दिगो विकासको लागि सत्तल निर्माण, सिंडी निर्माण, खानेपानी, कम्पाउन्ड, विद्युत , प्रवेशद्वार, बौद्ध स्तुपा, ध्यान केन्द्र, शौचालय, बुद्ध कलेज सञ्चालन गर्नुपर्ने भएकोले सहयोग गर्न सबैलाई आव्हान गरिएको थियो।

    बुद्ध मूर्ति संरक्षण एवम् व्यवस्थापन समितिका अध्यक्ष कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सम्पन्न कार्यक्रममा बौद्ध गुरु भीमबहादुर गरंज मगर,सुजी फाउन्डेसनका कन्ट्री डाइरेक्टर निर्देश शाक्य, वैकुण्ठ धाम संरक्षण समितिका अध्यक्षराजकुमार परियारलगायतको उपस्थिति रहेको थियो।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पर्वतको लुङ्खु– हुवास सडक कालोपत्र सम्पन्न
    रातमा बस्नेगरी सगरमाथा आधारशिविरको ‘प्याकेज’ बेचे कारबाही
    उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण
    • जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि
    • चक्रपथ विस्तार गर्न चीनले एघार अर्ब अनुदान दिने
    • वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जना पक्राउ
    • मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.