सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औं शाखा चितवनमा


  •    न्युजभित्तो/३० बैशाख २०८२, मंगलवार ०७:२६ 
  • चितवन, ३० वैशाख । फर्मा होल्डिङ्ग ईन्भेष्टमेन्ट प्रा. लि र बिभिन्न ब्यवसायीहरुको संयुक्त लगानिमा डल्फिन एजुकेशन कन्सल्टेन्सीको ११ औं शाखा चितवनमा शुभारम्भ भएको छ । २४ बर्षदेखि नेपालमा कन्सल्टेन्सी व्यवसायमा विश्वास जितेको डल्फिन एजुकेशन कन्सल्टेन्सीले सोमबार बुद्ध जयन्तिको अवसर पारेर बिधिवत शाखा उद्घाटन गरको हो ।

    निशान हमाल प्रवन्ध निर्देशक रहेको यस शाखाको उद्घाटन समारोहमा बोल्दै डल्फिन एजुकेशन कन्सल्टेन्सी काठमाण्डौंका अध्यक्ष प्रेम पाण्डेले डल्फिनले उच्च शिक्षाको लागि बिदेशमा जाने विधार्थीहरुलाई राम्रो परामर्श दिएको र विदेशका उत्कृष्ट कलेज तथा विश्वविद्यालयहरुसँगको सहकार्यले पनि विद्यार्थीहरुमाझ विश्वास जितेको बताउनुभयो । उहाँले ईमान्दारिताका साथ काम गर्न र उचित सेवा प्रदान गरि विश्वास जित्नेगरी काम गर्न सुझाव दिनुभयो ।
    कार्यक्रममा बिशिष्ट अतिथि डल्फिन एजुकेशनका जनरल म्यानेजर समेन्द्र खड्का, एक्यान चितवनका सचिव विकास तिवारी, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ चितवनका सह–सचिव सुजन ढकाल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

    डल्फिन एजुकेशन कन्सल्टेन्सी चितवनको शाखा भरतपुुर – १, लायन्सचोक, नारायणगढमा रहेको छ भने यसले बिदेशमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुका लागि परामर्श, भाषा सम्बन्धी शैक्षिक पठन–पाठनका साथै विद्यार्थीहरुका लागि सम्पूर्ण भिषा प्रकृयाहरुको सेवा प्रदान गर्दछ । यसले बिशेषगरी न्यूजिल्याण्ड, यू.के., अष्ट्रेलिया, अमेरिका, क्यानडा, स्पेन लगायत देशका लागि भिषा प्रकृयाको काम गर्दछ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.