चितवन सेरोफेरो
चितवन, २८ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित...
चितवन,२६असार । नेपाल नेत्रज्योती संघ चितवन शाखाले पूर्बी चितवनको पर्सामा निर्माण गरेको आँखा उपचार केन्द्र भवनको आज उद्घाटन गरिएको छ । खैरहनी नगरपालिकाका प्रमुख शशिकुमार खनियाँ, उपप्रमुख कविता उप्रेती र नेपाल नेत्रज्योती संघ चितवनका सभापति जयराम श्रेष्ठले भवनको उद्घाटन...
चितवन, २६ असार । ध्रुवे हात्तीलाई नियन्त्रणमा लिएर दाह्रा काट्ने तयारी गरिएको भए पनि हालसम्म डार्ट गर्न सकिएको छैन । डार्ट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो । ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा...
चितवन, २५ असार । कुनै समय कारागार कार्यालयमा उत्पादित सामग्री भनेपछि सबैलाई महत्वका साथ खरिद गर्दथे । अहिले कारागाबाट उत्पादित सामग्रीको माग घटेको छ । यहाँस्थित कारागार कार्यालयमा मुढा, गलैँचा, झोलालगायतका सामग्री बिक्री हुने गर्दथ्यो । तर अहिले माग घटेको...
चितवन, २४ असार । आज तुइन खोलामा पहिरो रोकथाम कार्य सुरु गर्नका लागि सम्बन्धित निर्माण कम्पनीलाई डिभिजन सडक कार्यालय, चितवनले सम्झौताका लागि आह्वान भएको छ । आगामी १० महिनाभित्र काम सम्पन्न गर्ने गरी रु २२ करोड २१ लाखको लागतमा...
चितवन, २४ असार । पच्चीस जनाको ज्यान लिएको ध्रुवे हात्तीलाई नियन्त्रणमा लिई दाह्रा काटेर छोटो बनाइने भएको छ । दुई वर्षअघि पनि त्यस हात्तीको दाह्रा काटिएको थियो । उक्त हात्तीलाई बेहोस बनाई दाह्रा काटिने र रेडियो कलर नयाँ लगाउने...
चितवन, २३ असार । जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा...
नारायणगढ (चितवन), २१ असार । भरतपुर महानगरपालिका–२३ बेलहट्टामा हात्तीको आक्रमणमा परी आमाछोराको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उहाँकी चार वर्षीय...
चितवन, १८ असार । प्रहरीको अनुमति बेगर सार्वजनिक तथा निजी सवारीसाधनलाई कालो स्टिकरको प्रयोग गर्न निषेध गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले बुधबारदेखि उक्त नियम लागू गरेको हो । नियम लागू भएलगत्तै चितवनका कूल १५० सार्वजनिक तथा निजी...
चितवन, १६ असार । वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण...















