सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ


  •    न्युजभित्तो/८ आश्विन २०८३, बिहीबार १३:४८ 
  • भरतपुर, ८ असोज । हुण्डाईको नयाँ पुस्ताको कम्प्याक्ट एसयूभी ‘अल–न्यु भेन्यू’ चितवनको बजारमा औपचारिक रूपमा सार्वजनिक गरिएको छ। आज भरतपुरस्थित हुण्डाई सोरुममा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

    नयाँ भेन्यूमा आकर्षक डिजाइन, आधुनिक प्रविधि, आरामदायी सुविधा र उत्कृष्ट प्रदर्शनको संयोजन रहेको हुण्डाई गाडीको आधिकारिक बिक्रेता/डिलर पिनाकल ट्रेडिङ्ग कन्सर्नका अध्यक्ष ईश्वर कुमार श्रेष्ठले  बताउनुभयो । नयाँ भेन्यूमा ट्विन हर्न ग्रिल, एलईडी डेटाइम रनिङ लाइट (एलईडी डीआरएलएस), होराइजन एलईडी रियर कम्बिनेसन ल्याम्प, डार्क क्रोम ग्रिल्ली र सिग्नेचर सी–पिलर गार्निस लगायतका डिजाइन विशेषता समावेश छन्। गाडीको क्याबिनमा १०.२५ इन्चको कनेक्टेड कार इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले, एन्ड्रोइड अटो, डिजिटल क्लस्टर तथा पावरयुक्त टिल्ट–एन्ड–स्लाइड सनरुफ जस्ता सुविधा उपलब्ध रहेको उहाँको भनाई छ ।

    प्रदर्शनतर्फ नयाँ भेन्यूमा कप्पा १.२ लिटर एमपीआई पेट्रोल र कप्पा १.० लिटर टर्बो जीडीआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ। कम्पनीले दैनिक यात्राका लागि सहज प्रदर्शनदेखि थप प्रतिक्रियाशील टर्बो प्रदर्शनसम्मका विकल्प उपलब्ध गराएको जनाएको छ।

    सुरक्षालाई समेत प्राथमिकता दिइएको नयाँ भेन्यूमा ६ वटा एयरब्याग, एबीएससहित ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल–स्टार्ट असिस्ट कन्ट्रोल लगायतका सुरक्षा सुविधा समावेश छन्।

    नेपाली बजारमा नयाँ भेन्यूको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार यो गाडी मुख्यतः तीन भेरियन्टमा उपलब्ध हुनेछ। जसमा एचएक्स २ (१,१९७ सीसी पेट्रोल), एचएक्स ५ प्लस (१,१९७ सीसी पेट्रोल) र एचएक्स ५ डीसीटी (९९८ सीसी पेट्रोल) रहेका छन्।

    विभिन्न भेरियन्टका विकल्पले ग्राहकलाई आफ्नो आवश्यकता र रुचिअनुसार गाडी छनोट गर्न सहज बनाउने श्रेष्ठको भनाई। नयाँ भेन्यू अब भरतपुरस्थित हुण्डाई सोरुममा समेत उपलब्ध रहेको भन्दै उहाँले ग्राहकले सोरुमबाट गाडीको डिजाइन, प्रविधि, इन्टेरियर तथा प्रदर्शनबारे प्रत्यक्ष जानकारी लिन सक्ने बताउनुभयो ।

    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चिरञ्जीवि सुवेदी, अटोमोबाईल एसोसिएसनका अध्यक्ष इन्द्र रेग्मी लगायतले बोल्नु भएको थियो । भरतपुरको वसन्तचोकमा आफ्नै जग्गामा बनेको सोरुमबाट लामो समयदेखि कम्पनीले नयाँ कारको बिक्री, सर्भिस, स्पेयर पार्ट लगायतका सुविधा निरन्तर दिंदै आएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.