चितवन सेरोफेरो

सिसी क्यामेराको निगरानीमा भरतपुर
-न्युजभित्तो

चितवन, ३२ असार । भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनसँगको समन्वयमा २९ वटै वडामा सिसी क्यामेरा जडान गरेको छ । महानगरपालिकाले कुल ४१८ वटा सिसी क्यामेरा जडान गरेको सूचना प्रविधि अधिकृत विकल्प काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार महानगरको सहरी...

‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
-न्युजभित्तो

चितवन, ३२ साउन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेको छ । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २५ जनाको ज्यान लिइसकेको हात्तीलाई डार्ट (बेहोस बनाउने औषधि) गरी रेडियो कलर लगाइएको हो ।  निकुञ्जका सूचना अधिकारी अविनाश थापा...

चितवनमा अनलाइन प्रणालीबाट मल वितरण
-न्युजभित्तो

नारायणगढ (चितवन), ३२ असार । धान रोपाइँको मुख्य यामसँगै चितवनमा रासायनिक मलको वितरणलाई तीव्र पारिएको छ । कृषि सामग्री कम्पनी लिमिटेड, भरतपुर शाखाले जिल्लाभरका सूचीकृत सहकारीमार्फत अनलाइन प्रणालीबाट मल वितरण गर्दै १५ दिनमै ९६९.१७५ मेट्रिक टन रासायनिक मल बिक्री गरेको...

अविरल वर्षाको असर मौरीपालनमा: रत्ननगरमा चरन क्षेत्रका मौरीघार बगायो
-न्युजभित्तो

नारायणगढ (चितवन), ३१ असार । अविरल वर्षापछि आएको बाढीका कारण चितवनको रत्ननगर क्षेत्रमा मौरीपालन व्यवसायमा क्षति पु¥याएको छ । पालिकाको मनिखोला र लालपर्सा क्षेत्रमा चरनका लागि राखिएका मौरीघार बगाउँदा तथा मौरीगोला नष्ट हुँदा करिब रु ६० लाखबराबरको प्रारम्भिक क्षति भएको...

चितवनको पुँजीगत खर्च ५८ प्रतिशत
-न्युजभित्तो

चितवन, ३० असार ।  जिल्लाको विकासका लागि विनियोजित बजेटमध्ये ५८ दशमलब ४१ प्रतिशत खर्च भएको छ । चितवन बिकासका लागि प्राप्त रु १० अर्ब २१ करोड ८५ लाखमध्ये रु पाँच  अर्ब ९६ करोड ९३ लाख खर्च भएको हो । कोष तथा...

पहिरो पन्छाएर नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा
-न्युजभित्तो

चितवन, ३० असार । नारायणगढ–मुग्लिन सडकको १५ ठाउँमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालन भएका छन् । सोमबार दिउँसोबाट सुरु भएको वर्षात्का कारण साँझ ७ः०० बजेबाट खस्न थालेको पहिरो बिहानसम्म जारी थियो । ती सबै स्थानमा खसेको पहिरो बिहान हटाइएपछि दुईतर्फी...

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कर्मचारीकोे तलब भुक्तानी
-न्युजभित्तो

चितवन, २९ असार । यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा नयाँ अध्यक्षको नियुक्तिसँगै कर्मचारीको तीन महिनाको तलब सहित अन्य खर्चको भुक्तानी सुरुआत गरिएको छ । गत चैत २० गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा यही असार १९ गते डा योगेन्द्रप्रसाद सिंहले...

ध्रुवे हात्तीको आक्रमणपछि बहस: के हात्तीले पुस्तौँसम्म रिस साँध्छ?
-न्युजभित्तो

चितवन, २९ असार । बोटे परिवारका चार जनाको चितवन राष्ट्रिय निकुञ्जको जङ्गली धु्रवे हात्तीको आक्रमणबाट अकालमा निधन भएपछि हात्तीको स्वभावका विषयमा बहस थालिएकोे छ । विज्ञहरुले हात्तीले रिस साँध्ने भए पुस्तौँसम्म रिस साँध्छ भन्ने विषयमा भने उनीहरु स्पष्ट छैनन्...

बाँझो जग्गा सदुपयोग गर्न माडीमा ‘भूमि बैंक’ अवधारणा
-न्युजभित्तो

नारायणगढ (चितवन), २८ असार । चितवनको माडी नगरपालिकाले बाँझो खेतीयोग्य जमिनको सदुपयोग गर्दै भूमिहीन, विपन्न र युवा किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न ‘भूमि बैंक’ कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । बढ्दो बसाइँसराइका कारण खेतीयोग्य जमिन बाँझो रहने क्रम बढेपछि...

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड
-न्युजभित्तो

चितवन, २८ असार । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन तथा तालिम केन्द्रलाई  व्यवस्थित गरी उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । वार्षिक करिब दुई लाख पर्यटक केन्द्रको भ्रमणमा आउने गरेकाले यसलाई अझ व्यवस्थित...