चितवन सेरोफेरो
चितवन । भरतपुर महानगरपालिकालाई भोलि शनिबार सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणा गरिने भएको छ । मानव सेवा आश्रमको सहयोगमा महानगरले आफ्नो क्षेत्रलाई भोलि सहयोगापेक्षी सडक मानवमुक्त महानगर घोषणाको तयारी गरेको हो । सहयोगापेक्षी सडक मानवमुक्त महानगर बनाउनका लागि असोज २७...
चितवन । चितवन जिल्लामा डेंगु संक्रमितको संख्या बढ्दै जाँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । यसै साता डेंगुका कारण थप एक जनाको मृत्यु भएको हो । स्वास्थ्य कार्यालय चितवनले डेङ्गुका कारण थप एकको मृत्यु भएको पुष्टि गरेको छ ।...
पाल्पा । पाल्पामा दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६ मस्यामका वडा सदस्य चुन्नबहादुर विष्ट रहेका छन् । जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी निरीक्षक देवराज पौडेलका अनुसार तिनाउ गाउँपालिका–६ मस्यामका ५१...
काभ्रेपलाञ्चोक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । थोकरलाई गएराति १२ बजे उनकै घरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पनौती नगरपालिका–९, शङ्खुस्थित घरबाटै थोकरलाई जिल्ला प्रहरी कार्यालय धुलिखेलको टोलीले मध्यराति...
भीमदत्तनगर । कञ्चनपुरको गड्डाचौकी नाकामा कार्यालय समयमै रहेको बेला भारतबाट सामान ढुवानी गर्ने सेवाग्राहीबाट रु पाँच हजार घुस लिएको आरोपमा इलाका प्रहरी कार्यालय गड्डाचौकीमा कार्यरत प्रहरी जवान दीपक चौधरी पक्राउ परेका छन् । यहाँस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको...
चितवन । सञ्चार रजिष्ट्रारको कार्यालय प्रदेश नम्बर ३ मकवानपुरले पत्रकार र सञ्चारमाध्यमलाई सशक्त बनाउन कार्यविधि मस्यौदा तयार पारेको छ । कार्यालयले आज भरतपुरमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, अवस्था र चुनौती विषयक एक दिने गोष्ठीमा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद...
हेटौँडा । प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा रु २४ करोडभन्दा बढी लगानी गर्ने भएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्धारण गरेको पशुपक्षी तथा मत्स्य...
चितवन । चितवनको खैरहनी नगरपालिकाले दोहोरो कर लिएको भन्दै कवाड व्यवसायीहरुले विरोध गरेका छन् । आन्तरिक राजस्व कार्यालयलाई १३ प्रतिशत राजस्व तिरिरहेको अवस्थामा खैरहनी नगरपालिकाले समेत प्रत्येक सामानमा कर लिने गरेको भन्दै व्यव‘सायीहरुले विरोध गरेका हुन् । व्यवसायीहरुले दोहोरो कर...
चितवन । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ आगामी कात्तिक १५ गतेदेखि नारायणगढमा ‘नारायणी महोत्सव २०७६’ हुने भएको छ । अपाङ्गता भएका बालबालिकाहरुको लागि काम गर्दै आएको संस्था रेविका बाल प्रतिष्ठानले आयोजना गरेको महोत्सव कात्तिक २५ गतेसम्म नारायणी नदी किनारमा हुनेछ...
कावासोती । जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वले नेत्रविक्रम चन्द विप्लव समूहका दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहीबार राति पक्राउ गरिएको हो । नवलपरासीपूर्व नवलपुरको मध्यविन्दु नगरपालिका–१० मजुवाखोलाबाट प्रहरीले विप्लव समूहका जिल्ला सदस्य ३५ वर्षीय गणेश विक र २६...
















