सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मतीका १३वटै जिल्लामा खेलकुद विकास समितिको नेतृत्व चयन, चितवनको अध्यक्षमा प्रह्लाद प्रधान


  •    न्युजभित्तो/८ माघ २०७६, बुधबार १४:२१ 
  • चितवन । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालय अन्तर्गतको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले प्रदेशका १३ वटै जिल्लाका जिल्ला खेलकूद विकास समितिलाई पूर्णता दिँदै नेतृत्व चयन गरेको छ । परिषद्ले जिल्ला खेलकूद विकास समिति चितवनको अध्यक्षमा युवा नेता प्रह्लाद प्रधानलाई चयन गरेको छ ।

    जिल्लामा खेलकुद क्षेत्रको विकासमासमेत योगदान दिँदै आएका प्रधानले युवा संघ चितवनको अध्यक्षहुँदै केन्द्रीय सदस्यसमेत रहेर काम गरिसकेका छन् । चितवनमा युवाहरुबीच लोकप्रिय प्रधान नारायणगढका स्थायी वासिन्दा हुन् ।

    काठमाडौँमा अरुण बस्नेत, ललितपुरमा भरतप्रसाद पराजुली, भक्तपुरमा श्रीभक्त काशीछवा, काभ्रेमा मानवीर लामा, सिन्धुलीमा खड्ग रजन मगर, मकवानपुरमा सानु लामा, धादिङमा प्रताप सिङ तामाङ, रसुवामा दावा तामाङ, नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ, दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजालाई जिल्ला अध्यक्षमा नियुक्त गरेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारीले जानकारी दिनुभयो ।

    परिषद्को मङ्गलबार सम्पन्न बैठकले १३ वटै जिल्लाका खेलकूद विकास समितिलाई पूर्णता दिएको हो । त्यसैगरी वागमती प्रदेशअन्तर्गत रहेको वाग्मती प्रदेश खेलकूद विकास परिषद्ले सातवटै प्रदेश र वाग्मती प्रदेशमा पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको छ । सदस्य सचिव भण्डारीले आगामी चैत २१ गतेदेखि साताव्यापी पहिलो प्रदेशस्तरीय खेलकूद प्रतियोगिता हेटौँडा र चितवनमा आयोजना गर्ने जानकारी दिनुभयो ।

    तस्वीर : जिल्ला खेलकुद विकास समिति, चितवनका नवनियुक्त अध्यक्ष प्रह्लाद प्रधान ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    • दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.