सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वाग्मती प्रदेशका मन्त्रालयका लागि जग्गाको खोजी तीव्र


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार २१:२८ 
  • हेटौँडा । वाग्मती प्रदेशको स्थायी राजधानी तोकिएसँगै प्रदेश सरकारले मन्त्रालयका लागि जग्गा खोजी शुरु गरेको छ । हाल प्रदेश सरकारका विभिन्न मन्त्रालय तथा मातहतका कार्यालय साँघुरा भएको अवस्थामा सरकारले व्यवस्थित ठाउँको खोजी शुरु गरेको हो ।

    प्रदेश सरकारले हाल खाली रहेको हेटौँडा उपमहानगरपालिका– ९ मा रहेको हेटौँडा सिमेन्ट उद्योगको जग्गालाई सदुपयोग गर्न पहल गरिरहेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित सबै मन्त्रालय निर्माण गर्न पुग्ने जग्गा भए पनि उद्योगको नाममा जग्गा भएकाले प्रदेश सरकारको नाममा ल्याउनका लागि प्रक्रिया शुरु गरिएको छ ।

    प्रदेशको स्थायी राजधानी र नामकरण भएपछि प्रदेशका मन्त्रालय निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । हाल मन्त्रालय रहेका भवन उपयुक्त भए पनि अन्य थुप्रै प्रयोजनका लागि समस्या भएकाले जग्गाको खोजी भइरहेको हो ।

    अहिले मुख्यमन्त्री कार्यालय र विभिन्न मन्त्रालय फरक–फरक स्थानमा छन् । अब एउटै स्थानमा सबै मन्त्रालय र प्रदेशसभाको भवन निर्माण गर्नेगरी काम थाल्ने तयारी भएको छ । सबै मन्त्रालय निर्माणका लागि अहिले डिपिआर निर्माण गर्ने, यसका लागि सबै तयारी थाल्ने र काम भने आगामी वर्षको बजेटमार्फत गराउने तयारी भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.