सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर महोत्सवमा विभिन्न खेलकुद सम्पन्न, ब्याडमिन्टनमा केवल र किरणको जोडी पहिलो


  •    न्युजभित्तो/७ माघ २०७६, मंगलवार २२:४८ 
  • चितवन । गत पुस २५ गतेदेखि सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव अन्तर्गत मंगलबार विभिन्न खेलकुदका कार्यक्रम सम्पन्न भएका छन् । महोत्सवको बाह्रौँ दिन मंगलबार पूर्वी चितवन स्तरीय ब्याडमिन्टन तथा घैँटो फुटाइ प्रतियोगिता भएका छन् ।

    ब्याडमिन्टन प्रतियोगितामा केवल न्यौपाने र किरण लामाको जोडी पहिलो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका खेलकुद संयोजक दिनेश कट्टेलले जानकारी दिनुभयो । पहिलो पुरस्कारको प्रायोजन सूर्या भेटेरिनरी काठमाडौँका सञ्चालक एवम् रत्ननगर महोत्सव अन्तर्गतका खेलकुद संयोजक दिनेश कट्टेलले नै गर्नुभएको थियो । त्यस्तै सो प्रतियोगितामा दोस्रो भएका केदार न्यौपाने र सुरज न्यौपानेको जोडीले १० हजार रुपैयाँ तथा तेस्रो भएका कपिल श्रेष्ठ र सन्देश बस्नेतको जोडीले पाँच हजार रुपैयाँ प्राप्त गर्नुभयो ।

    प्रतियोगितामा १५ टिम सहभागी थिए । त्यस्तै, मंगलबार नै भएको घैँटो फुटाई प्रतियोगितामा पहिलो हुँदै सीताराम भट्टराईले पाँच हजार रुपैयाँ पुरस्कार जित्नुभयो । मंगलबार हुने भनिएको जनप्रतिनिधि र रत्ननगर महोत्सव स्टेरिङ कमिटीको डोरी तान्ने प्रतियोगिता भने रद्द भएको खेल संयोजक कट्टेलले जानकारी दिनुभयो । त्यस्तै, बुधबार झुवानी स्कुलमा अध्ययनरत फरक क्षमताभएका विद्यार्थीहरुबीच दौड प्रतियोगिता गर्ने कार्यक्रम छ ।

    तीन लाख पचास हजारद्वारा महोत्सव अवलोकन
    समग्र चितवनको गौरव र गरिमायम प्रस्तुति भन्ने नाराका साथ सञ्चालन भइरहेको दशौँ रत्ननगर महोत्सव २०७६ मा दर्शकहरुको उपस्थिति उल्लेख्य रहेको छ । मंगलबार बाह्रौँ दिनसम्म आइपुग्दा महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख ५० हजार नाघेको रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल समितिका संयोजक राजाराम रेग्मीले बताउनुभयो । मंगलबार मात्रै ५० हजार दर्शकले महोत्सवको अवलोकन गरेका रेग्मीको भनाइ छ ।

    बुधबार महोत्सवमा आकर्षणको रुपमा लोक तथा दोहोरी गायक रामजी खाँणको प्रस्तुति रहने उल्लेख गर्दै अध्यक्ष रेग्मीले बुधबार महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या अझै बढ्ने बताउनुभयो । दर्शकहरुको माग र स्टल प्रदर्शकको चाहनाअनुसार महोत्सवलाई माघ ९ गतेसम्म सञ्चालन गरिदैछ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.