सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा बैतडी अध्यक्षको घरमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाद्वारा निष्क्रिय


  •    न्युजभित्तो/८ माघ २०७६, बुधबार १३:४० 
  • बैतडी । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बैतडी जिल्ला अध्यक्ष सुरेन्द्र पालको घरको मूलद्वारमा राखिएको प्रेसरकुकर बम नेपाली सेनाले निष्क्रिय पारेको छ । डिलाशैनी गाउँपालिका–३ पंसेरामा रहेको अध्यक्ष पालको घरको मूलद्वारमा भेटिएको उक्त बम बैतडीस्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको टोलीले निष्क्रिय पारेको प्रहरीले जनाएको छ ।

    आज बिहान ३ बजे भेटिएको बम सेनाको टोलीले मध्याह्न पौने १२ बजे निष्क्रिय पारेको हो । यस्तै डिलौशैनी गाउँपालिकाको म १ च ४८८ नम्बरको स्कारपियोमा पनि आगजनी गरिएको छ । नेकपाका अध्यक्ष पालको उक्त स्कारपियो गाउँपालिकाले भाडामा लिएको थियो । पालकै से १ च ४५९ नम्बरको जेसिबीमा पनि आगजनी गरिएको छ ।

    डिलाशैनी गाउँपालिकाको सम्पर्क कार्यालय पंसेरामा पनि आगजनी गरिएको छ । गाउँपालिका–३ पंसेरामा रहेको सम्पर्क कार्यालयको प्रशासन कक्षमा आगजनी गरिएको हो । प्रशासन कक्षको ताल्चा फुटालेर गरेको आगजनीबाट कम्प्युटर, दराज र अन्य महत्वपूर्ण कागजपत्र जलेर नष्ट भएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले जानकारी दिनुभयो ।

    घटना कसले र किन गराएको हो भन्नेबारे केही खुल्न नसकेको प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो । डिलाशैनी गाउँपालिका केन्द्रको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियो । राज्य पुनःस्थापना हुँदा डिलाशैनी गाउँपालिका–७ मा केन्द्र तोकिएको भए पनि हाल सम्पूर्ण कामकाज वडा नं ३ बाट हुँदै आएको छ ।

    घटनाको थप अनुसन्धान भइरहेको बैतडी प्रहरीले जनाएको छ । गाउँपालिका अध्यक्ष बोहराले भने केन्द्रका विषयमा असन्तुष्ट पक्षले आगजनी गरेको हुनसक्ने आशङ्का गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.