सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दशौँ रत्ननगर महोत्सव : तीन लाख भन्दा बढीले गरे अवलोकन


  •    न्युजभित्तो/६ माघ २०७६, सोमबार २१:०१ 
  • चितवन । एघारौँ दिनसम्म आइपुग्दा रत्ननगर महोत्सव अवलोकन गर्ने दर्शकको सङ्ख्या तीन लाख नाघेको छ । महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीकाअनुसार सोमबारसम्म तीन लाख भन्दा बढीले महोत्सव अवलोकन गरेका हुन् ।

    सोमबार महोत्सवमा चर्चित गायक प्रमोद खरेल आएका कारण पनि दर्शकहरु बढेका रेग्मीले बताउनुभयो । महोत्सवमा खरेलले आफ्ना चर्चित गीतहरु गाउनुभएको थियो ।

    रत्ननगर नगरपालिकाको टिकौली चौरमा आयोजना गरिएको महोत्सवमा सोमबार नै उद्योग वाणिज्य संघ चितवनको नयाँ कार्यसमितिलाई स्वागत समेत गरिएको रत्ननगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनिलकृष्ण श्रेष्ठले बताउनुभयो । महोत्सव स्थलमा पुगेका नवनिर्वाचित अध्यक्ष राजु श्रेष्ठसहितको सम्पूर्ण नयाँ कार्यसमितिलाई रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीसहितको टोलीले स्वागत गरेको थियो ।

    आगामी माघ ९ गतेसम्म सञ्चालन हुने महोत्सवमा सोमबार पूर्वी चितवनस्तरीय ब्याडमिन्टन प्रतियोगिता समेत भएको छ । महोत्सवका खेल संयोजक दिनेश कट्टेलकाअनुसार १५ टिम सहभागी प्रतियोगितामा सोमबार १० वटा खेल भएका छन् । प्रतियोगिताको फाइनल खेल मंगलबार हुने कट्टेलले बताउनुभयो ।

    त्यस्तै, मंगलबार नै रत्ननगरका जनप्रतिनिधि र रत्ननगर महोत्सवको स्टेयरिङ कमिटीबीच डोरी तान्ने प्रतियोगिता, घैँटो फुटाइ, म्युजिकल चेयर हुने कट्टेलले जानकारी दिनुभयो । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुर्याउने उद्देश्यले महोत्सव स्थलमा विभिन्न पर्यटकीय गतिविधि समेत सञ्चालन गरिएको महोत्सव आयोजक संस्था रत्ननगर उद्योग वाणिज्य संघका महासचिव निराजन खनालले जानकारी दिनुभएको छ ।

    महोत्सव अन्तर्गत राखिएको जीपलाइन सफारी र सेल्फी डाँडाले दर्शकको मन तानेको खनालको भनाइ छ । महोत्सवमा माछा, केरा, तरकारी तथा फलफूल, दुग्धजन्य पदार्थ, पोल्ट्रीलगायत कृषि व्यवसायसँग सम्बन्धित विभिन्न सेवा, प्रविधि एवम् मल बीउ विजनको प्रदर्शनीका साथै माछा, केरा, तरकारी तथा फलफूल, च्याउ, पोल्ट्रीका छुट्टाछुट्टै परिसर सहित पाँच सय २१ वटा स्टल राखिएको खनालले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    पाल्पाबाट दालचिनी भारत निर्यात
    नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो
    • सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा
    • एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    • आज २५ अर्बको ऋणपत्र जारी हुँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.