राससको वार्षिकोत्सवमा चितवनका पत्रकारको स्वास्थ्य परीक्षण
न्युजभित्तो/७ फाल्गुन २०७६, बुधबार १९:५२
चितवन । राष्ट्रिय समाचार समितिको ५९ औँ वार्षिकोत्सवका अवसरमा आज चितवन जिल्लामा कार्यरत पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । रासस भरतपुरको आयोजनामा भएको कार्यक्रमको प्रतिनिधिसभा कानून, न्याय तथा मानवअधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले उद्घाटन गर्दै राससका माध्यमबाट सकारात्मक समाचार जनतामा पुग्न सकेको बताउनुभयो ।
सो अवसरमा कार्यक्रमको सहयोगी संस्था एनपिआइ नारायणी सामुदायिक अस्पतालका सञ्चालक विष्णु कुँवरले पत्रकारको स्वास्थ्य परीक्षण गर्ने अवसर प्रदान गरेकामा राससप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रम रासस भरतपुरका प्रमुख नारायण अधिकारीको अध्यक्षतामा भएको थियो । सो अवसरमा १०२ पत्रकारको स्वास्थ्य परीक्षण गरिएको राससका समाचारदाता कृष्ण आचार्यले जानकारी दिनुभयो ।
एनपिआइ नारायणी सामुदायिक अस्पतालले पत्रकारको झण्डै रु तीन लाख बराबरको परीक्षण गरेको जनाएको छ । रगत र पिसाबको नमूना परीक्षणपछि आजै सम्बन्धित विज्ञ चिकित्सकसँग समेत परामर्श गराइएको आचार्यले जानकारी दिनुभयो ।
पत्रकारका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा स्वास्थ्यकर्मीलाई रगत परीक्षणका लागि सामग्री हस्तान्तरण गरेर उद्घाटन गर्दैै प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेल ।