सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महोत्सवको उद्घाटन तीन दिन पछि सर्यो, ११देखि १९गतेसम्म हुने


  •    न्युजभित्तो/७ फाल्गुन २०७६, बुधबार २२:०७ 
  • चितवन । फागुन ८ गतेदेखि भरतपुरको केन्द्रीय बस टर्मिनलमा हुने भनिएको प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव तीन दिन पछि धकेलिएको छ । भरतपुर बजार व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सो महोत्सव आगामी फागुन ११ गतेदेखि हुने मंगलबार जारी गरिएको विज्ञप्तीमा जनाइएको छ ।

    महोत्सव मूल संयोजक घनश्याम पौडेल ‘श्याम’ तथा प्रचार प्रसार उपसमिति संयोजक विष्णुप्रसाद धितालद्वारा जारी विज्ञप्तीमा महोत्सव फागुन ११ गते सुरु भएर फागुन १९ गते सकिने जनाइएको छ । विभिन्न कारणले गर्दा महोत्सव उद्घाटन हुने दिन पछि धकेलिएको विज्ञप्तीमा जनाइएको छ ।

    महोत्सव तयारीको काम तीव्र रुपमा अगाडि बढिरहेको मूल संयोजक पौडेलले बताउनुभयो । महोत्सव स्थलमा स्टल निर्माणसँगै स्टेज र बीस हजारी तालको स्वरुप निर्माणको काम भइरहेको पौडेलले जानकारी दिनुभयो ।

    पोल्ट्री, केरा, माछा, दूध लगायतका उत्पादनलाई प्रवद्र्धन गर्न भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग, पर्यटन, व्यापार महोत्सव २०७६’ आयोजना गरिएको मूल संयोजक पौडेलले बताउनुभयो । फागुन ११ देखि १९ गतेसम्म हुने मेलामा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाको गरि दुई सय ५० भन्दा बढी स्टल रहनेछन् ।

    स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिने संयोजक पौडेलले बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धन र टेवा पुग्ने उद्देश्यले पोल्ट्रीजन्य उत्पादन तथा उपकरणका स्टलहरुलाई स्टल भाडामा ५० प्रतिशत छुट, सामुहिक पशुपालन, सामुहिक खेती गर्ने स्टलमा ५० प्रतिशत छुट र अन्य कृषि उत्पादनका स्टलको लागि स्टलमा १० प्रतिशत छुटको व्यवस्था गरिने आयोजकको भनाइ छ ।

    नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न तथा पर्यटन प्रवद्र्धनका लागि महोत्सव परिसरमा विश्व सम्पदा एवम् रामसार सूचीमा रहेको बीसहजारी तालको नमूना बनाई निकुञ्जका जनावर एवम् पंक्षीका आकृतिका मूर्तीहरु राखिने पौडेलले बताउनुभयो । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निमार्णाधीन अन्तराष्ट्रिय गौतमबुद्ध रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.