माडीमा अनसन बसेका जनप्रतिनिधिको माग पूरा गर्न काँग्रेसको आग्रह
न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार १९:०५
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका जनप्रतिनिधिको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो ।
अनशनकारी वडाध्यक्षलगायतका जनप्रतिनिधिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौँ संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् ।
यस्तै, बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सीमामा पर्ने रीउखोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने मागसमेत राखेका छन् ।
अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नति गरी चौबिसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरूपमा स्थानीय तहको अधिकार हुनुपर्ने माग राखेका छन् ।
स्थानीयवासीले पटक–पटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य फागुन ७ देखि आमरण अनसन बसेका छन् । काँग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।
जीवन रक्षाका लागि काँग्रेस चितवनको माग नेपाली काँग्रेस चितवनले माडीवासीको माग सम्बोधन गर्न माग गर्दै आमरण अनसनरत माडी– १ का वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आज नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले विज्ञप्ती जारी गरी निकुञ्ज तथा वन संरक्षण ऐन संशोधनको माग गर्दै आमरण अनसनरत माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले स्थानीयको माग सम्बोधन गरी पौडेलको जीवन रक्षाका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
‘बिभिन्न माग राखी अनसनरत नेपाली काँग्रेसका स्थानीय नेता एवम् माडी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य कमजोर बन्दै गईरहेको हुँदा जनसमुदायको समस्या सरकारकै अग्रसरतामा समाधान गरी अनसनरत पौडेलको जीवन रक्षा गर्न सरकारसँग जोडदार माग गर्दछौँ’–विज्ञप्तिमा भनिएको छ । यस्तै, काँग्रेस चितवनले माडीवासीको मागप्रति सरकार गम्भीर नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी समेत दिएको छ ।
काँग्रेस चितवनले माडीवासीको तर्फबाट आमरण अनसनरत वडाध्यक्षको मागप्रति सरकार गम्भीर नभएको भन्दै आज दिउँसो एक घण्टा चक्का जाम गरेको थियो । अनसनस्थल माडी नगरपालिका १ को वडा कार्यालय अगाडिको हुलाकी सडकमा एक घण्टा चक्का जाम गरिएको हो ।
अनसन बस्ने घोषणा गरेका मेयर ठाकुर प्रसाद ढकाल पछि हेटपछि पौडेलले माडीवासीको तर्फबाट अनसन शुरु गरेका हुन् । निकुञ्ज तथा वन संरक्षण ऐन संशोधन नभएसम्म माडीले विकासको गति लिन नसक्ने भन्दै उनले अनसन शुरु गरेका हुन् ।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले चितवनको माडी नगरपालिका–४ मा स्थानीय समस्या समाधानका लागि चार दिनदेखि आमरण अनशन बसिरहेका जनप्रतिनिधिको माग पूरा गर्न सरकारलाई आग्रह गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ति जारी गरी सो आग्रह गर्नुभएको हो ।
अनशनकारी वडाध्यक्षलगायतका जनप्रतिनिधिले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण पाँचौँ संशोधन नियमावली २०७६ ले माडीजस्तो महत्वपूर्ण क्षेत्रलाई खासै सम्बोधन गर्न नसकेको हुँदा मानवअधिकारसहितको संरक्षणका लागि पुनः संशोधन हुनुपर्ने माग राखेका छन् ।
यस्तै, बाँदरझुला, अमिलियामा बसोबास गरिरहेका नागरिकको उचित व्यवस्था गरिनुपर्ने, मानव वन्यजन्तु द्वन्द्व निवारणका लागि ठोसरूपमा वन र बस्तीबीच वैज्ञानिक संरचना बनाउनुपर्ने, उत्तरी सीमामा पर्ने रीउखोला करिडोरको निर्माण व्यवस्थित गरिनुपर्ने मागसमेत राखेका छन् ।
अनशनकारीले कसरादेखि वनकट्टा साथै वगहीदेखि बाँदरझुलासम्म बाटो स्तरोन्नति गरी चौबिसै घण्टा खुला राख्नुपर्ने, माडी नगरपालिकालाई कृषि, पर्यटन हबको रुपमा विकास गर्न विशेष योजना ल्याउनुपर्ने, प्राकृतिक स्रोत साधनमा पूर्णरूपमा स्थानीय तहको अधिकार हुनुपर्ने माग राखेका छन् ।
स्थानीयवासीले पटक–पटक माग उठाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन गर्न नसकेपछि माडी नगरपालिका–१ का अध्यक्ष कृष्णप्रसाद पौडेलसहित वडा सदस्य फागुन ७ देखि आमरण अनसन बसेका छन् । काँग्रेसले स्थानीय तहले उठाएको मागलाई समर्थन गर्दै अनशनरत व्यक्तिको जीवन रक्षार्थ सरकारलाई तत्काल माग सम्बोधन गर्न ध्यानाकर्षण गरेको छ ।
जीवन रक्षाका लागि काँग्रेस चितवनको माग
नेपाली काँग्रेस चितवनले माडीवासीको माग सम्बोधन गर्न माग गर्दै आमरण अनसनरत माडी– १ का वडाध्यक्षको जीवन रक्षा गर्न सरकारसँग आग्रह गरेको छ । आज नेपाली काँग्रेस चितवनका सभापति जीत नारायण श्रेष्ठले विज्ञप्ती जारी गरी निकुञ्ज तथा वन संरक्षण ऐन संशोधनको माग गर्दै आमरण अनसनरत माडी–१ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलको स्वास्थ्य अवस्था बिग्रदै गएकोले स्थानीयको माग सम्बोधन गरी पौडेलको जीवन रक्षाका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।