रेडियो नजिकै प्रेसर कुकर बम भेटियो, सेनाद्वारा निष्क्रिय
न्युजभित्तो/१० फाल्गुन २०७६, शनिबार ११:५६
बाजुरा । बाजुराको बडीमालिका नगरपालिका–९मा रहेको पीसविन बाजुराको कार्यालय र रेडियो बाजुराको नजिकै राखिएको बम समरजीत गुल्मका सेनाले निष्क्रिय पारेका छन् ।
शुक्रबार राती अज्ञात समूहले रेडियो बाजुरा नजिक कालो झोलामा बेवारिसे अवस्थामा राखिएको बम आज सेनाले निष्क्रिय गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभएको छ ।
रेडियोको नजिकै राखिएको प्रेसर कुकर बम सोही ठाउँमा निष्क्रिय पार्दा धर्म रोकायाको घरसमेत चर्केको भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार बम कसले राखेको भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।