चितवन सेरोफेरो

“इलामे सहर, चियाबारी राम्रो’
-न्युजभित्तो

 काठमाडौं, १४ चैत। पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् । इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन...

पर्वतारोहण क्षेत्रका श्रमिकका लागि मानसिक स्वास्थ्य तालीम
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । पर्वतारोहण क्षेत्रमा कार्यरत नेपाली श्रमिकका लागि मानसिक स्वास्थ्यसम्बन्धी विशेष तालीम सम्पन्न भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गत वैदेशिक रोजगार तथा कल्याणकारी विभाग, महिला तथा युवा विभाग र स्वास्थ्य समितिको संयुक्त समन्वयमा सञ्चालन भएको उक्त तालीममा...

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन
-न्युजभित्तो

काठमाडौँ, १३ चैत ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले केही मन्त्रीलाई बर्खास्त गरेका थिए भने केहीले राजीनामा गरेका थिए । माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई...

कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द
-न्युजभित्तो

कास्की, १३ चैत । कास्कीको माछापुच्छे गाउँपालिकामा कोरोना सङ्क्रमित बढेपछि गाउँपालिकाको सेवा छ दिन बन्द गरिएको छ । गाउँपालिका कार्यालय रहेको वडा नं ४ को लाहाचोकमा केही दिनयता सङ्क्रमित बढेकाले चैत १३ देखि १८ गतेसम्म गाउँ कार्यपालिका कार्यालयबाट प्रदान...

दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार
-न्युजभित्तो

जाजरकोट, १३ चैत । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित...

अटोरिक्सामा अवैध काठ ओसार्ने दुई पक्राउ
-न्युजभित्तो

कञ्चनपुर, १३ चैत । अटोरिक्सासहित अवैध काठ ओसार्ने काममा संलग्न भीमदत्त नगरपालिका–१९ उल्टाखामका दुई जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । म१ह ८०५ नंको अटोरिक्सासहित ३० वर्षीय मनोज लुहार र ५२ वर्षीय मोती नेपालीलाई भाँसी नजिकबाट पक्राउ गरिएको...

व्यापारी टपेन्द्र तिम्सिनाको घरमा प्रचण्ड-माधवको बैठक
-न्युजभित्तो

काठमाडौँ, १३ चैत । नेकपा एमाले विभाजनको डिलमा पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले माधवकुमार नेपालसँग लगातार दोस्रो दिन पनि छलफल गरेका छन् । कोटेश्वरस्थित व्यापारी टपेन्द्र तिमल्सिनाको घरमा बिहान साढे ८ बजेदेखि दुई घण्टाभन्दा बढी...

बेपत्ता झा दम्पतीको कङ्काल भेटियो
-न्युजभित्तो

जलेश्वर, १२ चैत । गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झा दम्पतीको आज अपराह्न कङ्काल फेला परेको छ । प्रदेश नं २...

डिमाण्ड शुल्कमा छुट दिने निर्णयको स्वागत
-न्युजभित्तो

गण्डकी, १२ चैत । होटल प्रतिष्ठानलाई विद्युत् डिमाण्ड शुल्कमा छुट दिने सङ्घीय मन्त्रिपरिषद्को निर्णयलाई पश्चिमाञ्चल होटल सङ्घ पोखराले स्वागत गरेको छ । सङ्का अध्यक्ष विकल तुलाचनले आज विज्ञप्ति जारी गर्दै होटल सङ्घले गरेको बारम्बारको आग्रहमा होटल उद्योगहरूलाई २०७६ चैत ९...

एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला
-न्युजभित्तो

जनकपुरधाम, १२ चैत । एक महिनाअघि वेपत्ता भएका महोत्तरी पिपराका एक दम्पतीको शव गाडिएको अवस्थामा फेला परेको छ । पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए ।...