सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार ११:२७ 
  • जाजरकोट, १३ चैत । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् । टेलिफोन सुविधाबाट वञ्चित तीन गाउँपालिकामा टेलिकमले टावर निर्माण गरी सेवा प्रारम्भ गरेपछि स्थानीयवासीले सहजरूपमा सञ्चार सुविधा पाएका हुन् ।

    जिल्लामा निर्माणाधीन सातवटा नमस्तेको टावरमध्ये जुनीचाँदे र शिवालय गाउँपालिकामा केही दिनअघि तथा बारेकोट गाउँपालिकामा बिहीबारदेखि सेवा सञ्चालनमा आएको हो । टावर निर्माणसँगै बारेकोटका सबै वडा, जुनीचाँदेका सबै वडा, शिवालयका सबै वडा र छेडागाड नगरपालिकाका केही वडामा बसोबास गर्ने स्थानीयवासीमा सञ्चार सुविधा पुगेको नेपाल टेलिकम जाजरकोटले जनाएको छ ।

    यसअघि टावर नहुँदा टेलिफोनको निकै समस्या झेल्नुपरेको थियो । एक कल फोन गर्न घण्टौँ टाढा जानुपर्ने बाध्यता हटेको बारेकोट–५ पाखाका जनकबहादुर शाहीले बताउनुभयो । टुजी सञ्चालनमा आएको बारेकोटमा छिट्टै फोरजी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । जुनीचाँदे र शिवालयमा भने फोरजी सेवासमेत सञ्चालनमा आइसकेको छ ।

    दुई वर्षअघि सम्पन्न हुनुपर्ने यी टावर भारतीय कम्पनीले ठेक्का लिएर बीचमै छाड्दा ढिला भएको थियो । निरन्तर दबाबपछि १० जिल्लाको काम एकैपटक गर्दा जाजरकोटमा निर्माण हुने टावरका काम ढिला हुने भएकाले जाजरकोटको कामलाई अलग गरेर काम गर्न प्रतिनिधिसभा सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले टेलिकमलाई आग्रह गरेअनुसार टेलिकमले अलग बोलपत्र आह्वान गरेर काम गरेको थियो । अलग गरेको छ महिनाभित्र जाजरकोटका तीन पालिकामा टावर निर्माण भएका छन् । नलगाड नगरपालिका–८ गराइलामा टावर निर्माण जारी छ । त्यस्तै नलगाडका दुर्गम वडा रग्दा र भगवतीमा समेत नयाँ टावर निर्माणका लागि सर्भेको काम सम्पन्न भएको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.