सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् पुनर्गठन


  •    न्युजभित्तो/१३ चैत्र २०७७, शुक्रबार ११:३४ 
  • काठमाडौँ, १३ चैत ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राईले केही मन्त्रीलाई बर्खास्त गरेका थिए भने केहीले राजीनामा गरेका थिए ।

    माओवादीबाट हालै एमाले प्रवेश गरेका टंक आङ्बुहाङलाई आर्थिक मामिला मन्त्रीको जिम्मा दिएका छन् भने उषाकला राई सामाजिक विकास मन्त्री बनेकी छिन् । यस्तै अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार मन्त्री र राम राना कृषि मन्त्री बनेका छन् ।

    कला घले कृषि राज्यमन्त्री र राजकुमार ओझा वन राज्यमन्त्री नियुक्त भएका छन् । मन्त्रीहरूको शपथ दिउँसो १ बजेका लागि तय भएको नवनियुक्त मन्त्री राईले जानकारी दिइन् ।

    यसअघि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै राईविरुद्ध अविश्वासको प्रस्तावमार्फत हटाउने कोशिश गरेका थिए ।

    फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एकतालाई अवैध ठहर गरी एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि मुख्यमन्त्री राई एकल बहुमतप्राप्त मुख्यमन्त्री बनेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.