सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

“इलामे सहर, चियाबारी राम्रो’


  •    न्युजभित्तो/१४ चैत्र २०७७, शनिबार ०८:१८ 
  •  काठमाडौं, १४ चैत। पूर्वी पहाडी जिल्ला इलाम चियाबारीका कारण चर्चित छ । पाखाभरिको चियाबारी, खोल्साका अलैंची र दोबाटोभरि दूध बोकेका घोडा हेरेर इलाम आउने पर्यटक लोभिन्छन् ।

    इलामको आकाश क्षणभरमै कुहिरोले ढाकिन्छ, केहिबेरमै खुला हुन्छ । चिसो सिरेटो र परिवर्तन भइरहने मौसमले आगन्तुकसँग लुकामारी खेलेझैँ आभास गराइदिन्छ ।

    इलाममा पनि कन्याम चिया बगानका कारण चर्चित छ, श्रीअन्तु र सन्दकपुरमा पर्यटकहरु झुल्के घाम हेर्न आउँछन् ।

    इलामको विषयमा विभिन्न सर्जकहरुले गीत लेखेका छन् । गीतकार गंगाराज मुकारुङले लेखेका छन्, ‘इलामे सहर, चियाबारी राम्रो, त्यहीँ पर्‍यो घर हाम्रो ।’ भूपि शेरचनले लेखेका छन्, ‘देशभर नै अलिअलि इलाम छरिदिन मन लाग्यो ।’

    इलाम बजारबाट मास्तिर सम्भवतः नेपालकै जेठो उद्योग इलाम चिया फ्याक्ट्री छ । यो जंगलबहादुर राणाको पालामा स्थापना भएको हो । इलाम पूर्वमा दार्जिलिङ, पश्चिममा मोरङ र पाँचथर र उत्तरमा पाँचथर र दक्षिणमा झापासँग जोडिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.