चितवन सेरोफेरो

राससकर्मी ढुङ्गानालाई पितृशोक
-न्युजभित्तो

चितवन, २६ असोज । राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता नारायण ढुङ्गानालाई पितृशोक परेको छ । उहाँका ९२ वर्षीय पिता अक्षकुमार ढुङ्गानाको शनिबार साँझ कालिका नगरपालिका–८ न्यूरेनीस्थित आफ्नै निवासमा निधन भएको हो । उहाँ पेटसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । उहाँको आजै...

चितवनमा थपिए ९५० नयाँ मतदाता
-न्युजभित्तो

चितवन, २४ असोज । निर्वाचन कार्यालय चितवनमा ९५० मतदाता थपिएका छन् । यही असोज १० गतेदेखि आजसम्म ती मतदाता थपिएका हुन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको हो ।...

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण
-न्युजभित्तो

नारायणगढ (चितवन), २४ असोज । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माणसम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ । देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल...

निर्वाहमुखीबाट औद्योगिकीकरणतर्फ पोल्ट्री व्यवसाय
-न्युजभित्तो

चितवन, २४ असोज । कोभिडपछि साना व्यवसायी पलायन हुँदा ठूला व्यवसायीले उत्पादन धानिरहेका छन् । झण्डै ८० प्रतिशत लेयर्स कुखुरा पालक किसान विस्थापित भए पनि नेपालको माग धान्नसक्ने गरी उत्पादन भइरहेको हो । कोभिडअघिसम्म तीन हजारभन्दा बढी किसानले देशका विभिन्न...

नियमित आँखा परीक्षणले दृष्टि जोगाउन सकिन्छ
-न्युजभित्तो

चितवन, २३ असोज । आँखाको दृष्टि जोगाउन निजयमित परीक्षण आवश्यक रहेको चिकित्सकले बताएका छन् । नियमित आँखाको परीक्षणले आँखामा हुने समस्या पहिचान गर्न सकिने भएकाले दृष्टि जोगाउन सहज हुने नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी डाक्टर कुमुदिनी सुवेदीले...

विश्व दृष्टि दिवसमा तीन वृद्धाको निःशुल्क आँखाको शल्यक्रिया
-न्युजभित्तो

चितवन, २३ असोज । भरतपुर आँखा अस्पतालले विश्व दृष्टि दिवसको अवसरमा तीन वृद्धाको आँखाको निःशुल्क शल्यक्रिया गरेको छ । देवघाट क्षेत्र विकास समितिद्वारा सञ्चालित देवघाट समाज कल्याण केन्द्रमा आश्रित अन्दाजी ७५ वर्षिया वृद्धाहरुको आँखाको मोतियाविन्दुको शल्यक्रिया गरिएको हो । अस्पतालका...

सौराहा आउन थाले पर्यटक
-न्युजभित्तो

चितवन, २२ असोज । सौराहाको युनिक वाइल्ड रिसोर्टमा आज ३० जना तेस्रो मुलुकका पर्यटक आउँदै गरेको भन्दै सञ्चालक गुणराज थपलियाले खुसी व्यक्त गर्नुभयो । गत वर्षहरुमा यतिबेला पर्यटकले भरिभराउ हुने सौराहामा यस वर्ष दसैँभरको सुनसानपछि पर्यटक आउन थालेसँगै होटल...

जापानीज इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको सङ्ख्या छ पुग्यो
-न्युजभित्तो

चितवन, २२ असोज । जिल्लामा जापानीज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । साउनयता हालसम्म उनीहरुको मृत्यु भएको हो । जनस्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा दुई जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना राप्ती नगरपालिका र...

बढी भाडा असुल्नेलाई कारबाही
-न्युजभित्तो

चितवन, २१ असोज । राजधानी फर्कने यात्रुसँग बढी भाडा लिएको गुनासोपछि स्थानीय प्रशासनले अनुगमन गरी बढी भाडा लिने सवारीसाधनका चालक र धनीलाई कारबाही गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा अनुगमनमा गएको सुरक्षा निकायका प्रमुखसहितको टोलीले उनीहरुलाई...

क्याम्पस प्रमुख खनालको निधन
-न्युजभित्तो

चितवन, २० असोज । बालकुमारी बहुमुखी क्याम्पस नारायणगढका प्रमुख जगदीश्वर खनालको निधन भएको छ । उहाँको आइतबार साँझ बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । तनहुँको साबिक तनहुँसुर गाउँ विकास समिति वडा नम्बर १ आमडाँडा चुदीमा...