सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उपरदाङ्गढीमा कोतघर निर्माण गरी संग्राहलय बनाईयो


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार १०:२९ 
  • चितवन, २५ पुस , चितवनको पुरानो सदरमुकाम उपरदाङगढीमा रहेको गढीमा कोतघर निर्माण गरी संग्राहलयका रुपमा विकास गरिएको छ । कोतघरमा तोप सहितको हातहतियार राखेर संग्राहलयका रुपमा विकास गरिएको हो ।

    नेपाली सेनाले संग्राहलय निर्माणका लागि ऐतिहासिक हातहतियारहरु सहयोग गरेको छ । नेपाली सेनाको नयाँ सवुज गण भरतपुरका गणपति प्रमुख सेनानी दिनेश लामाका अनुसार छ पाउण्डको तोप एक थान, किटको गोला पचास वटा, भरुवा बन्दूक दुई नाल, छालाको ढाल एक थान, तरवार दुई थान, खुकुरी छ वटा र खुँडा एक थान सेनाले उपलब्ध गराएको छ । कोतघर भने इच्छाकामना गाउँपालिकाले रु. एक करोड ८३ लाख खर्चेर निर्माण गरेको हो । संग्रालयको व्यवस्थापन र रेखदेख इच्छाकामना गाउँपालिकाले गर्दै आएको छ ।

    सेन वंशीय राजा मणिमुकुन्दसेनले निर्माण गरेको यो गढी शाह वंशीय राजा बेलाबहादुर शाहको नायवीमा यसको थप मर्मत गरिएको इतिहास छ । नेपाल एकीकरणका बेला बहादुर शाहका छोरा शत्रुभन्जन शाह यहाँ आएर सेनाको टुकडी राखेको इतिहासमा उल्लेख छ ।

    इच्छाकामना गाउँपालिका वडा नम्बर ७ मा रहेको गढीमा पुराना हातहतियारहरु प्रदर्शनमा राखिएपछि पर्यटकका लागि थप आर्कषणको केन्द्र बनेको छ ।

    संग्राहलय तथा कोतघरको इच्छाकमना गाउँपालिकाको आयोजनामा उद्घाटन गरिएको हो । कार्यक्रममा नेपाली सेनाका मध्य क्षेत्र पृतना हेड क्वाटर हेटौँडाका पृतनापति उपरथि विष्णुकुमार खड्काले उद्घाटन गर्नुभएको हो ।

    उद्घाटन कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले गढीको जीर्णोद्धार गर्दै कोतघर बनाउँदा मौलिक पन दिइएकाले पर्यटकका लागि आर्कषण केन्द्र बन्ने बताउनुभयो । उहाँले यही गढीबाट अंग्रेजका सेनालाई नेपाली सेनाले युद्धमा लखेट्न सफल भएको बताउनुभयो । पुरातत्व विभागको स्वीकृतिमा परम्परागत कला संस्कृति झल्किने गरी कोतघर निर्माण गरिएको उहाँको भनाई छ ।

    ईच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले पर्यटन प्रबद्र्धनका लागि गढीमा कोतघर निर्माण गरी संग्राहलयका रुपमा विकास गरिएको बताउनुभयो । गढीसम्म पुग्ने सडकलाई थप व्यवस्थित गर्ने, स्थानीयले सञ्चालन गरेका घरवासलाई व्यवस्थित गर्दै पर्यटक आकर्षित गर्ने योजना आफूहरुको रहेको बताउनुभयो । उहाँले भन्नुभयो “चितवनको समथर भूभागमा गर्मी हुँदा यहाँ सिरक ओढेर सुत्न सकिन्छ, तल हुस्सुले ढाकेको समयमा यहाँ पहारिलो घाम ताप्दै आनन्द लिन सकिन्छ ।”

    खण्डहर बन्दै गएको ऐतिहासिक थलो उपरदाङगढी संरक्षण गरेर थप पूर्वाधार निर्माण गरेपछि पर्यटकहरु वर्षेनी बढ्दै गएको बताउँदै उहाँले गढी बाहिर वनभोज स्थल लगायत अन्य पर्यटकीय गतिविधि गर्न मिल्ने संरचना निर्माण गरिंदै लैजाने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी, इच्छाकामना गाउँपालिकाका उपाध्यक्ष माया सिलवाल, प्रमुख जिल्ला अधिकारी गणेश अर्याल लगायतले उपरदाङगढीको पुरातात्विक र ऐतिहासिक महत्वबारेमा चर्चा गर्नुभएको थियो ।

    यस अघि भरतपुरस्थित नेपाली सेनाको गणबाट तोपलाई वैद्धिक विधिपूर्वक पूजा गरी बाजागाजा सहित उपरदाङ गढी पु¥याईएको थियो । गढीमा पनि तोपलाई विधिपूर्वक पूजापाठ गरी कोतघरमा राखिएको हो ।

    सेन राज्यकालदेखि बि.सं. २०१४ सालसम्म यो गढी चितवन क्षेत्रको सरमुकाम थियो । बि.सं. १९१९ मा सदरमुकाम झुवानी सारिएको थियो । तर गर्मीमा कंकाली कोट सार्नुपर्दा औलो, जंगली जनावरको त्रासले सरदमुकाम पुनः उपरदाङगढीमा नै सारिएको बताईन्छ । औलो उन्मुलनपछि सदरमुकाम बि.सं. २०१४ सालमा भरतपुर सारियो ।

    सेनकालिन यस गढीमा प्रधानसेनापति अभिमान सिंह बस्न्यातको नेतृत्वमा बि.सं. १८३४ श्रावण ३ गते हमला भई (गोर्खा) नेपाल राज्यमा गाभिएको इतिहास रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र बस्नेतले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रेडपाण्डा संरक्षण गर्न चेतनामूलक कार्यक्रम
    बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती
    काठमाडौँमा वायु प्रदूषण बढ्यो: एक्युआई
    • पन्ध्र शय्याको ‘व्यास नगर अस्पताल’ भवन निर्माण
    • बिक्री हुन थाल्यो तम्घासमा फोहोर
    • प्राथमिक उपचार तालिम: विपद् व्यवस्थापनमा सहयोग
    • मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.