सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कामना सेवा विकास बैंकद्वारा चेपाङ बालबालिकालाई न्यानो कपडा वितरण


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार ०९:२६ 
  • राप्ती (चितवन), २७ पुस । कामना सेवा विकास बैंक लिमिटेडले राप्ती नगरपालिका–१२ स्थित भविष्य निर्माण आधारभूत विद्यालय, पर्खालका चेपाङ समुदायका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ। बैंकको खुरखुरे शाखा कार्यालयमार्फत कक्षा १ देखि ३ सम्म अध्ययनरत ७० जना विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई चिसो मौसमलाई मध्यनजर गर्दै शनिबार न्यानो कपडा वितरण गरिएको हो।

    कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाको अध्यक्षता, वडा नं. १२ का वडा अध्यक्ष अर्जुन प्रजा प्रमुख अतिथि तथा कामना सेवा विकास बैंक नारायणगढ क्षेत्रीय प्रमुख सुरेन्द्र भण्डारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै क्षेत्रीय प्रमुख भण्डारीले न्यानो कपडा वितरणले बालबालिकाको स्वास्थ्य तथा पठनपाठनमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो। उहाँले बैंक नाफा आर्जनसँगै सामाजिक उत्तरदायित्वलाई पनि समान रूपमा प्राथमिकतामा राख्दै शिक्षा, स्वास्थ्य तथा पिछडिएका समुदायको उत्थानमा योगदान दिँदै आएको उल्लेख गर्नुभयो।

    प्रमुख अतिथि वडा अध्यक्ष अर्जुन प्रजाले कामना सेवा विकास बैंकले चेपाङ समुदायका बालबालिकाका लागि निरन्तर गर्दै आएको भन्दै सहयोगको प्रशंसा गर्नुभयो । उहाँले यस्ता कार्यक्रमले विद्यालय जाने बालबालिकाको मनोबल र उपस्थिति बढ्ने विश्वास व्यक्त गर्नुभयो।

    खुरखुरे शाखा प्रमुख बिन्दु सिन्जाली मगरले यस क्षेत्रबाट पहिलो पटक सामाजिक सुरक्षा भत्ता वितरण गरिएको इतिहास सम्झँदै राप्ती नगरपालिका–१२ र १३ का चेपाङ समुदायलाई लक्षित गर्दै बैंकले समय–समयमा शिक्षा, स्वास्थ्य र सामाजिक सहयोगका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।

    कार्यक्रममा राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा, विद्यालयका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालय र विद्यार्थीहरूप्रति देखाएको चासोको उच्च मूल्याङ्कन गर्दै धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर रहने अपेक्षा गर्नुभयो। कामना सेवा विकास बैंकले सरोकारवालासँग सहकार्य गर्दै भविष्यमा पनि सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.