चितवन सेरोफेरो

चितवनमा मौरी चरन क्षेत्र अभाव
-न्युजभित्तो

चितवन, १२ कात्तिक । जिल्लाका मौरी पालक किसानले मौरी चरनका लागि बाहिरी जिल्ला लैजान थालेका छन् । यहाँ मौरीका लागि चरनको अवस्था यो मौषममा नहुने भएकाले जिल्ला बाहिर लैजान थालेका हुन् ।  मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अङ्गाइका अनुसार...

आगामी पुसमा बाघ गणना गरिने
-न्युजभित्तो

चितवन, ११ कात्तिक । आगामीे पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो । बाघ गणनापछि गैँडा गणना गर्ने योजना रहेको जनाइएको छ । गत आर्थिक वर्षमा अन्तिम...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः संयोजक प्रचण्ड
-न्युजभित्तो

चितवन, १० कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिस्थितिलाई सम्हालेर शान्तिपूर्ण निर्वाचनमार्फत देशलाई समृद्धिको बाटोतर्फ लैजानुको विकल्प नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग उहाँले पछिल्लो समय देशमा उत्पन्न परिस्थितिलाई सहज बनाउन पनि निर्वाचनको...

चितवनमा भूमिगत विद्युतीकरण ६५ प्रतिशत पूरा
-न्युजभित्तो

चितवन ९ कात्तिक । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरण हालसम्म ६५ प्रतिशत पूरा भएको छ । आगामी चार महिनाभित्र भूमिगत विद्युतीकरण गरिसक्ने उद्देश्यले छठपश्चात् कामलाई तीव्रता दिइएको हो । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले...

एघार भारतीयसहित १३९ कैदीबन्दी फर्किएनन्
-न्युजभित्तो

चितवन, ९ कात्तिक । जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये ११ भारतीय नागरिकसहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरुसहित दुई बालबालिकासमेत सम्पर्कमा आएका छैनन् । यस कारागारबाट गत भदौ २५ गते चार नाबालकसहित ७४३ कैदीबन्दी भागेका थिए । तीमध्ये ५९१ जना...

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ
-न्युजभित्तो

चितवन, ९ कात्तिक । जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका–५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको...

ब्लड डोनर्स सोसाइटीद्वारा देशभर रगत आपूर्तिमा सहजीकरण
-न्युजभित्तो

चितवन, ७ कात्तिक । जिल्लाका स्वयंसेवी रक्तदाताले सङ्गठित भएर स्थापना गरेको ब्लड डोनर्स सोसाइटी नेपालले देशभर बिरामी र रक्तदातालाई जोड्ने काम गर्दै आएको छ । सोसाइटीले नियमित र नयाँ रक्तदातालाई उत्प्रेरित गर्दै बिरामीलाई रगतको माग परिपूर्तिमा सहयोग पुर्‍याउँदै आएको...

तीन सय ७७ प्रहरी सहायक निरीक्षक दीक्षित
-न्युजभित्तो

चितवन, २ कात्तिक । नेपाल प्रहरी शिक्षालय भरतपुरबाट ३७७ जना प्रहरी सहायक निरीक्षक दीक्षित भएका छन् । प्रहरी सहायक निरीक्षक आधारभूत तालिम ९२(१७९०औँ समूहलाई प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ्गले आज एक कार्यक्रमबीच दीक्षित गर्नुभएको हो । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले...

गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत
-न्युजभित्तो

चितवन, २ कात्तिक । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्याराफिट र दुईवटै टावरको...

चितवन राईजद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट प्रथम
-न्युजभित्तो

चितवन, १ कात्तिक । लायन्स क्लब अफ चितवन राईजले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा चितवन मिड प्वाईन्ट विजयी भएको छ । आज (शनिबार) सम्पन्न प्रतियोगितामा कृष्णपुरलाई पछि पार्दै मिड प्वाईन्ट विजयी भएको हो । प्रतियोगितामा लायन्स क्लब अफ चितवन मिड प्वाईन्टका...