सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा झोलुङ्गे पुल मर्मत


  •    न्युजभित्तो/२५ पुष २०८२, शुक्रबार ११:१२ 
  • नारायणगढ (चितवन), २५ पुस । माघे सङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै पवित्र तीर्थस्थल देवघाटधाममा पुल मर्मत गरिँदै छ । चितवनको भरतपुर महानगरपालिका–१ र तनहुँको देवघाट गाउँपालिका–५ लाई जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुलको मर्मत कार्य सुरु गरिएको हो ।

    दैनिक हजारौँको सङ्ख्यामा आवतजावत हुने उक्त झोलुङ्गे पुल पुस २७ गतेसम्म बिहान १०ः०० बजेदेखि बेलुका ४ः०० बजेसम्म आवतजावत बन्द रहने गरी मर्मत थालिएको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँले देवघाटकै पुरानो झोलुङ्गे पुलको मर्मतसम्भार ‘सस्पेन्सन ब्रिज’ ललितपुर कार्यालयमार्फत गरिन लागेको जानकारी गराउँदै मर्मत कार्यलाई सहज बनाउन सहयोग गर्न अनुरोध गर्नुभयो ।

    अध्यक्ष कुँवरले भन्नुभयो, “दिउँसोको समयमा पुलमा आवतजावतमा रोक लगाएर मर्मत कार्य सुरु गरिएको छ । यहाँ आउने सम्पूर्ण स्थानीयवासी तथा भक्तजनलाई वैकल्पिक मार्ग प्रयोग गरी मर्मत कार्यमा सहजता पु¥याउन अनुरोध गरेका छौँ ।”

    केही समयअघिदेखि पुलमा दुईपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको उल्लेख गर्दै उहाँले माघे सङ्क्रान्ति मेला सम्पन्न भएपछि पनि पुलको अवस्थाको मूल्याङ्कन गरी छलफलपछि निर्णय गरिने बताउनुभयो । “यहाँका स्थानीय वारिपारि आवतजावत गर्छन्, पारिपट्टि विद्यालय छ । मोटरसाइकल डो¥याएर मात्र लैजान दिने कि भन्ने विषयमा छलफल भइरहेको छ”, अध्यक्ष कुँवरले भन्नुभयो । उहाँले सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गर्नुभयो । हाल देवघाट आउन ठिमुराको पुल, दासढुङ्गा पुल, नवलपुर जोड्ने हर्दी पुल र जुगेडीको झोलुङ्गे पुल प्रयोग गर्न सकिने उहाँले बताउनुभयो ।

    पुलका पट्टाहरू फेर्ने वा मिलाउने, नट–बोल्ट कस्ने वा फेर्ने, मुख्य केबलको परीक्षण तथा आवश्यक मर्मत, खिया लागेको भाग सफा गरी पेन्ट लगाउने, तथा अन्य जाँचलगायत काम भइरहेको अध्यक्ष कुँवरले बताउनुभयो । देवघाट क्षेत्र विकास समिति र गाउँपालिकाको अनुरोधमा मेलालाई मध्यनजर गरी मर्मत कार्य थालिएको उहाँको भनाइ छ ।

    विसं २०३७ मा निर्माण गरिएको उक्त झोलुङ्गे पुल जीर्ण बन्दै गएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । सामान्य दिनमा पनि झोलुङ्गे पुल हुँदै स्थानीय तथा बाहिरबाट आउने भक्तजनसहित हजारौँको आवतजावत हुने गरेको समितिका निर्देशक सदन बरालले जानकारी दिनुभयो । देवघाट आउने अधिकांश भक्तजन यही पुल प्रयोग गरी आवतजावत गर्ने गरेको उल्लेख गर्दै उहाँले मर्मत कार्यमा सहकार्य र समन्वय गर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

    निर्देशक बरालले माघे सङ्क्रान्ति मेलाको तयारीमा सबै पक्ष जुटिरहेको जानकारी दिनुभयो । मेला व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू गठन गरी काम भइरहेको उहाँले बताउनुभयो । देवघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला सबैभन्दा बढी भक्तजन आउने मेला भएकाले सुरक्षा व्यवस्थाका तथा मेलाको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, गैँडाकोट नगरपालिका, देवघाट गाउँपालिका तथा चितवन, तनहुँ र नवलपुर जिल्लाका प्रशासन र सुरक्षा निकाय एवं अन्य सङ्घसंस्थासँग समन्वय गरिएको निर्देशक बरालले बताउनुभयो । देवघाट–५ का अधिकांश स्थानीयवासी चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रूपमा यही पुल प्रयोग गर्दै आएका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.