सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

थारू समुदायको संस्कृति सङ्कटमा परेकामा चिन्ता


  •    न्युजभित्तो/२७ पुष २०८२, आईतवार १०:५८ 
  • चितवन, २७ पुस । राजनीतिक परिवर्तनले संस्कृति विखण्डन हुनेमा विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । कविडाँडा साहित्य समाजद्वारा शनिवबार सौराहामा आयोजित थारू समाज संस्कृति र साहित्य विषयक कार्यशाला गोष्ठीका वक्ताहरूले संस्कृतिमाथिको विखण्डन रोक्न आग्रह गरेका छन् ।

    लेखक निलम कार्की निहारिकाले संस्कृति र साहित्य एकापसमा परिपूरक भएको बताउनुभयो । संस्कृति विखण्डन हुँदा साहित्यमा समेत प्रभाव पर्ने उहाँको भनाइ छ । दुवैको रक्षा गर्नु साहित्यकारसँगै आमनागरिकको महत्त्वपूर्ण भूमिका रहने उहाँले बताउनुभयो । साहित्य संस्कृतिसँग जोडिएको हुने जनाउँदै उहाँले संस्कृति नबुझी साहित्य लेख्न नसकिने बताउनुभयो । उहाँले इतिहासप्रति रुचि नहुँदा दःुख लागेको बताउनुभयो ।

    आदिवासी थारूहरूको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको बताउनुहुँदै उहाँले थारू समुदायकै कारण चितवनको इतिहास संरक्षण भएको बताउनुभयो । चितवनको इतिहासका बारेमा अध्ययता प्रो डा थोमस रमण टनले थारूलाई बाहिर राखेर चितवनको इतिहास अपूरो हुने बताउनुभयो । सबै समाजको इतिहास हुन्छ नै भन्दै उहाँले अहिले त्यसको अध्ययन हुन जरुरी छ भन्नुभयो । चितवनका थारूहरूले वन, नदी र हावासँगको इतिहास बोकेको भन्दै उहाँले यो जनतासमक्ष पुर्याउन जरुरी रहेको भनाइ राख्नुभयो ।

    थारू समुदायको संस्कृति र ज्ञानलाई संरक्षण गर्न जरुरी रहेको उहाँले बताउनुभयो । थारूका स्थानीय भाषा, संस्कृतिको संरक्षण गर्न सकिएमात्रै पनि इतिहास संरक्षण हुनसक्ने उहाँको भनाइ छ ।

    सो अवसरमा विज्ञ डा सञ्जय महतोले थारू समुदाय ज्ञान र सीपमा धनी भए पनि मौलिकता संङ्टमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । विद्यमान थारू संस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति भएको जनाउ उहाँले जङ्गल, खोला, माटो तथा कृषि औजार पुज्ने थारूको परम्परा भएको बताउनुभयो ।

    कार्यक्रममा लेखक समीक्षक कृष्णहरि सर्वहारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारू समाजमा पनि प्रभाव पारेको बताउनुभयो । पहिचान सबैभन्दा ठूलो कुरा भएको बताउँदै पहिचान संरक्षणमा सबै लाग्न जरुरी रहेको उहाँले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.