सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निर्वाचनको तयारी तीव्र


  •    न्युजभित्तो/२४ पुष २०८२, बिहीबार १२:१३ 
  • भरतपुर (चितवन), २४ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन ५६ दिन बाँकी रहँदा जिल्ला निर्वाचन कार्यालय चितवनले तयारी तीव्र पारेको छ । आगामी माघ २ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले त्यसको तयारीमा कार्यालय लागेको हो । 

    यसपटक चितवन क्षेत्र नं २ का लागि भरतपुर महानगरपालिका–१० स्थित बाइपास रोडमा रहेको उद्योग तथा वाणिज्यको पुरानो भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी नेत्रराज श्रेष्ठले जानकारी दिनुभयो । 

    “अहिले निर्वाचनको तयारी अघि बढाइरहेका छौँ । सुरुमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नुपर्ने भएकाले सोका लागि काम भइरहेको छ”, सूचना अधिकारी श्रेष्ठले भन्नुभयो । क्षेत्र नं १ का लागि भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय खैरहनीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ भने क्षेत्र नं ३ का लागि रामपुरस्थित सिँचाइ कार्यालयमा स्थापना गरिने उहाँले बताउनुभयो । 

    निर्वाचन आयोगले क्षेत्र नं २ का लागि मुख्य निर्वाचन अधिकृतमा चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेललाई नियुक्त गरिएको जनाउँदै उहाँले क्षेत्र नं १ मा सर्वोच्च अदालतका विकासकुमार रजक र क्षेत्र नं ३ मा वन तथा वातावरण मन्त्रालयका उपसचिव बालकृष्ण निरौलालाई नियुक्त गरिएको बताउनुभयो ।

    चितवनमा यसपटक कुल मतदाता चार लाख ४२ हजार ८२ जना रहेका छन् । गत भदौमा भएको जेनजी प्रदर्शनपछि २० हजार ६९० जना मतदाता थपिएका निर्वाचन कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मासु जाँच ऐनः उद्देश्य सही, कार्यान्वयन किन हतारमा ?
    चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण
    विश्वमा प्रतिव्यक्ति १८५ अण्डा खपत हुँदा नेपालमा ६९ मात्रै
    • भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    • ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    • चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.