सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको अधुरो प्रशासनिक भवन उद्घाटन गर्न लागेकोमा रास्वपाद्वारा कडा आपत्ति, रोक्न चेतावनी


  •    न्युजभित्तो/२ माघ २०८२, बिहीबार १८:४५ 
  • चितवन, १ माघ । भरतपुर महानगरपालिकाले पूर्ण रूपमा निर्माण सम्पन्न नभएको प्रशासनिक भवनको हतार–हतार उद्घाटन गर्ने निर्णयप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगर समितिले गम्भीर आपत्ति जनाएको छ । पार्टीले यसलाई जनताको आँखामा छारो हाल्ने, राजनीतिक स्वार्थ पूर्तिका लागि गरिएको गैर–जिम्मेवार कदम भन्दै विरोध जनाएको हो ।

    रास्वपा भरतपुर समितिका सभापति सीता ज्ञवालीद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “निर्माण कार्य अधुरै रहँदै गरिएको उद्घाटन विकासको प्रतीक होइन, यो स्पष्ट रूपमा राजनीतिक स्टन्ट मात्र हो ।” सार्वजनिक भवनजस्तो संवेदनशील संरचना सञ्चालनमा ल्याउनु अघि त्यसको सुरक्षा, प्रयोगयोग्यता र व्यवस्थापनका सबै पक्ष पूर्ण रूपमा सुनिश्चित हुनुपर्नेमा विज्ञप्तिमा जोड दिईएको छ ।

    विज्ञप्तिमा अधुरो संरचनाको उद्घाटनलाई लोकतान्त्रिक मूल्य–मान्यताको अवमूल्यन गर्ने कार्यका रूपमा उल्लेख गरिएको छ । निर्वाचन वा राजनीतिक कार्यतालिकाको दबाबमा अधुरो भवनलाई ‘उद्घाटन’ गर्नु विकासको मर्ममाथि प्रहार भएको र यसले गलत सन्देश प्रवाह गर्ने रास्वपाको ठहर छ ।

    पार्टीले उद्घाटन समारोहका नाममा खर्च गरिने रकमलाई राज्यकोषको दुरुपयोग भनेको छ । यस्तो खर्च भवनको बाँकी निर्माण कार्य छिटो सम्पन्न गर्न प्रयोग हुनुपर्नेमा जोड दिँदै, अधुरो कामलाई ‘सम्पन्न’ भनेर प्रस्तुत गर्नु भरतपुरवासी नागरिकहरूमाथिको अपमान भएको रास्वपाले जनाएको छ ।

    विकास देखाउने नाममा अधुरा कामलाई उपलब्धिका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिको कडा विरोध विज्ञप्तिमा गरिएको छ । अध्यक्ष ज्ञवालीले “वास्तविक विकास भनेको दीर्घकालीन, सुरक्षित र जनताले सहज रूपमा प्रयोग गर्न सक्ने संरचना निर्माण गर्नु हो, न कि फोटो र रिबन काट्ने कार्यक्रम आयोजना गर्नु ।”

    रास्वपा भरतपुर महानगर समितिले महानगर नेतृत्वसँग शुक्रबार तय गरिएको उक्त उद्घाटन कार्यक्रम तत्काल रोक्न जोडदार माग गरेको छ । साथै, प्रशासनिक भवनको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न गरी आवश्यक प्राविधिक परीक्षण, गुणस्तर मापदण्ड र सञ्चालनसम्बन्धी तयारी पूरा भएपछि मात्र विधिवत रूपमा सञ्चालनमा ल्याउन आग्रह गरिएको छ ।

    सभापति सावालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “जनताको करबाट निर्माण हुने सार्वजनिक संरचना जनहित र दीर्घकालीन उपयोगलाई केन्द्रमा राखेर मात्र सञ्चालनमा ल्याइनुपर्छ । हतारो, देखावटी र राजनीतिक लाभका लागि गरिने उद्घाटन स्वीकार्य छैन ।”

    यसैबीच भरतपुर महानगरपालिकाले माघ २ गते निर्माणाधिन प्रशासनिक भवन नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालबाट उद्घाटन गराउने तयारी गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सभापति चयन गर्न बाह्र वटा समितिका बैठक हुँदै
    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    • मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.