सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हातहतियार बुझाउन स्थानीय प्रशासनको आग्रह


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १२:५५ 
  • चितवन, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले हातहतियार बुझाउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनसँग अनुमति लिएर राखिएका हतियार बुझाउन कार्यालयले सबैलाई आग्रह गरेको हो । 

    कार्यालयले एक सूचना जारी गर्दै व्यक्तिगत सुरक्षाका लागि राखिएका हातहतियार १५ दिनभित्र नजिकको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । कार्यालयका सूचना अधिकारी मदन लामा थिङका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय वातावरणमा सम्पन्न गराउन सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै इजाजत प्राप्त हतियार बुझाउन भनिएको हो । 

    अहिले बुझाइएका हतियार आगामी चैत २० गते पश्चात् सबैलाई फिर्ता गरिने सूचना अधिकारी थिङले जानकारी दिनुभयो । तोकिएको समयमा हतियार नबुझाए, अटेर गरेमा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । रासस 

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ
    • विवाहको उमेर २० वर्षबाट नघटाउन आग्रह
    • दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.