चितवन सेरोफेरो

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ
-न्युजभित्तो

चितवन, १८ कात्तिक । सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।  पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि...

देवघाटधाम गण्डकी परिक्रमा महोत्सव सुरु
-न्युजभित्तो

चितवन, १८ कात्तिक । देवघाटधाम गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ । पवित्र तीर्थस्थल देवघाट धामको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आज बिहान देवघाटको वेणीमा विधिपूर्वक पूजा गरी महोत्सव सुरु गरिएको हो । नेपाल सन्त समाजको आह्वानमा देवघाट क्षेत्र विकास समिति...

बङ्गलादेशका दुग्ध उत्पादक किसान चितवनमा
-न्युजभित्तो

चितवन, १८ कात्तिक । जिल्लाको दुग्ध उत्पादन, प्रशोधन र बजारीकरणका विषयमा जानकारी लिन बङ्गलादेशका दुग्ध उत्पादक किसानहरू यहाँ आएका छन् । बङ्गलादेशका दुग्ध उत्पादक किसान मनरुप इस्लामका नेतृत्वमा आएको १७ सदस्यीय टोलीले आज यहाँका दुग्ध उत्वपादक सहकारी उद्योग, गाई...

दासढुङ्गादेखि मुग्लिनसम्मको सडक सधैँ पहिरोको जोखिममा
-न्युजभित्तो

चितवन, १७ कात्तिक । नारायणगढ–मुग्लिन सडकखण्डको दासढुङ्गादेखि मुग्लिनसम्मको सडकखण्ड पहिरोका कारण सधैँ जोखिमपूर्ण हुने गरेको छ । पानी पर्दा लेदोसहितको पहिरो र पानी नपर्दा सुक्खा पहिरो खस्ने गरेको छ । चीन सरकारको सहयोगमा निर्माण भएको यो सडक अहिले आधुनिक रूपमा...

मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
-न्युजभित्तो

चितवन, १७ कात्तिक । भदौ २३ र २४ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् । जिल्ला निर्वाचन कार्यालय भरतपुरमा मतदाता नामावली दर्ता गर्न आउने युवामा...

अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो
-न्युजभित्तो

मुग्लिन (चितवन), १७ कात्तिक । सुक्खा पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्गमा दुईतर्फी नै यातायात सेवा सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राजमार्ग अन्तर्गत इच्छाकामना ३ चुमखोलामा आइतबार राति ९ बजे पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध बनेको थियो...

निकुञ्जभित्रको हुलाकी सडकमा मोज्याक टायल
-न्युजभित्तो

चितवन, १६ कात्तिक । विश्वसम्पदा सूचीमा परेका कारण कालोपत्र हुन नसकेको हुलाकी सडकको चितवन राष्ट्रिय निकुञ्जभित्रका सडकमा मोज्याक टायल लगाइने भएको छ । माडी नगरपालिकाले चालु आर्थिक वर्षबाट ‘मोज्याक’ लगाउन सुरु गर्न लागेको हो । माडी नगरपालिकाका प्रमुख तारा काजीकुमारी...

नारायणगढ–मुग्लिन सडक सञ्चालन
-न्युजभित्तो

मुग्लिन (चितवन), १४ कात्तिक । पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात आवगमन अवरुद्ध...

चितवनमा बस दुर्घटना, ३३ जना घाइते
-न्युजभित्तो

चितवन, १४ कात्तिक । गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज बिहान दुर्घटना हुँदा ३३ जना घाइते भएका छन् । यहाँस्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरुको तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी...

पहिरोले नारायणगढ–मुग्लिन सडक अवरुद्ध
-न्युजभित्तो

चितवन, १४ कात्तिक । नारायणगढ–मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण...