समयमा काम गर्ने सगुन कन्स्ट्रक्सनका खड्का सम्मानित
न्युजभित्तो/३ माघ २०८२, शुक्रबार १५:३५
चितवन, २ माघ । धेरै निर्माण आयोजना निर्माण कम्पनीको ढिलासुस्तीले समयमा सम्पन्न हुन नसक्ने, ठेक्का सम्झौता गरेर फरार हुने जस्ता समस्या धेरै सुनिने गरेको समयमा यहाँ एक निर्माण व्यवसायी भने समयमै काम सम्पन्न गरेर सम्मानित हुनु भएको छ । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन समयमा नै सम्पन्न गरेर सगुन कन्स्ट्रक्सनका सञ्चालका सहदेव खड्का सम्मानित हुनु भएको हो ।
भरतपुर महानगरपालिकाले आज उहाँलाई सम्मान गरेको छ । प्रशासनिक भवन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट निर्माण व्यवसायी खड्का सम्मानित हुनु भएको हो ।
सगुन कन्स्ट्रक्सनले चितवन क्षेत्रमा भरतपुर महानगरपालिकाको प्रशासकीय भवन, नारायणगढ–गोन्द्राङ छ लेन सडक, दिव्यनगर खानेपानी, शारदानगर खानेपानी, भरतपुरको रिङ्गरोडको केही खण्ड, नारायणी तटबन्धनको केही खण्ड, भरतपुर सिटी हल, भण्डारा खानेपानी जस्ता योजनाको ठेक्का सम्झौता गरेको छ । यी मध्ये कतिपय काम सम्पन्न भईसकेका छन् भने केही भईरहेका छन् ।
भरतपुर महानगरपालिकाका सिनियर डिभिजनल इञ्जिनियर सन्तोष आचार्यका अनुसार चुनौतीपूर्ण कामको पनि जिम्मा लिने सगुन कन्स्ट्रक्सनले सबै योजना समयमा नै सम्पन्न गर्ने गरेको छ । सरकारी कामकै कारण कतिपय योजना समयमा सम्पन्न नभएपनि निर्माण व्यवसायीको तर्फबाट कुनै पनि योजना नरोकिएको उहाँले बताउनुभयो ।
खड्काले निर्माण क्षेत्रका सबै प्रकारका काम गर्ने गर्नुभएको छ । उहाँको काममा विविधता रहेको आचार्यले बताउनुभयो । फास्ट्रयाकको सडक, राजमार्ग, भित्री सडक, भवन, खानेपानी, पुल, तटबन्धन जस्ता निर्माणका सबै क्षेत्रमा खड्काले कुशलतापूर्वक काम गर्ने गरेको उहाँले बताउनुभयो । खड्काले भरतपुर क्षेत्रमा मात्रै रु. १० अर्बभन्दा बढीको काम गर्नुभएको छ ।
महानगर प्रमुख रेनु दाहालले महानगरभित्रका धेरै ठूला पूर्वाधारहरु समयमा सम्पन्न गरेर खड्काले काममा सहजीकरण गरेको बताउनुभयो । उहाँले भन्नुभयो “हामी आएपछिका धेरै योजना उहाँलाई परेको थियो, काम हुन्न कि भन्ने चिन्ता थियो, अधिकांश समयमा सकिएका छन् ।”
खड्काले सरकारले बजेट सुनिश्चितता गरेमा निर्माणको काममा कुनै ढिलाई नहुने बताउनुभयो । उहाँले भन्नुभयो “नाफा घाटाभन्दा पनि जिम्मामा लिएको काम समयमा नै सम्पन्न गर्नुपर्छ भन्ने सोचले हामीले काम गर्दछौं ।” कतिपय चुनौतीपूर्ण कामहरुमा आफूहरुलाई घाटा नै परेपनि बीचमै छाडेर नहिँड्ने गरेको भन्दै उहाँले आफूहरुका कारण निर्माण नरोकिने बताउनुभयो । पर्याप्त जनशक्ति र उपकरणहरु भएकै कारण पनि आफूहरुलाई निर्माण कार्य गर्न सहज भएको उहाँको भनाई छ ।
सगुन कन्स्ट्रक्सन हेर्दै आउनु भएका नहकुल खड्का काममा सबैतिर विज्ञ समूह र कामदारहरुको व्यवस्थापन गरेर काम गर्ने गरेको बताउनुहुन्छ । धेरै सामग्रीहरु विदेशबाट ल्याउनु पर्दा हुने झन्झिटलाई छोट्याउँदै कामलाई तीब्रता दिने गरेको उहाँले बताउनुभयो ।
सरकार, समुदाय र सरोकारवालाहरुबाट निर्माण व्यवसायीलाई सहयोग नहुने गरेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहनु भएका दाहाललाई उहाँले ध्यानाकर्षण गराउनु भएको थियो । उहाँले अन्तर्राष्ट्रिय स्तरका उच्च गुणस्तरीय काम गर्न सक्ने बताउनुभयो । खड्काले देशभर विभिन्न आयोजनाहरुको काम गरिरहनु भएको छ । मुग्लिन नौबीसी सडक जस्ता जटिल कामहरु समेत उहाँले गर्दै आउनु भएको छ । युवा उमेरमा समेत उहाँले गरेका कामकै कारण हरेक आयोजनाको उद्घाटन समारोहमा उहाँ सम्मानित हुने गर्नुभएको छ । पछिल्लो समय उहाँको व्यवसायिक सफलतासँगै ठूला राजनीतिक दलहरुले निर्वाचनमा उम्मेदवार हुनका लागि निम्ता समेत गर्ने गरेका छन् ।