सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अण्डाको मूल्य क्रमश वढ्दो क्रममा


  •    न्युजभित्तो/५ माघ २०८२, आईतवार १५:३२ 
  • चितवन, ४ पुस । क्रमश घट्दै गएको अण्डाको मूल्य बिस्तारै वढ्न सुरु गरेको छ । पुस पहिलो साता देखि अण्डाको मूल्य घटेको थियो ।

    नेपाल लेयर्स कुखुरा पालक संघले ठूला फार्महरुको रेट लिएर समर्थन मूल्य जारी गर्ने गरेको छ । संघले तोके भन्दा कम मूल्यमा अण्डा बिक्रि हुन थालेको थियो ।

    अण्डाको माग बढे संगै मूल्य बढ्न थालेको हो । संघले आज जारी गरेको सूचना अनुसार सोमबारबाट ठूलो अण्डा प्रतिक्रेट रु ४६५ र मझौला रु ४४५ कायम गरेको छ । यस अघि पनि यही हाराहारीमा दर रेट कायम गर्दा समेत फार्मबाट तोकीएको दररेटमा अण्डा बिक्न सकेको थिएन ।

    गएको मंसिरमा अण्डाको मूल्य हाल सम्मकै उच्च भएको थियो । त्यतीवेला फार्ममा ठूलो अण्डा रु।५६५ प्रतिक्रेटमा बिक्रि भएको थियो । मझौलाको रेट रु ५५० थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार वन्द भएका बिद्यालयहरु खुल्न सुरु गरेका, वजारको चहलपहल वढेको, जाडो घट्दै गएको लगाएतका कारण मूल्य बृद्धि भएको हो ।

    मूख्य रुपमा अण्डाको मूल्य बढ्दा किसानले लामो समय राखेका बुढा कुखुरा बेच्न थालेकाले उत्पादन घट्दा र माग वढ्दा मूल्य बृद्धि भएको उहाँ बताउनुहुन्छ । अब माग निकै वढेर जाने प्रक्षपण गर्दै उहाँले किसानले लागत मूल्य पाउने गरी मूल्य वढ्ने दाबी गर्नुभयो ।

    अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा रु। १९।१२ पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट रु।५७४।६ पर्न आउँछ । लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आसमा किसानहरु रहेका छन् । संघले बजारको अवस्था अनुसार अण्डाको समर्थन मूल्य तलमाथि गर्ने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.