चितवन, ७ माघ । राष्ट्रिय समाचार समिति (रासस) ले चितवनको भरतपुरमा निर्माण गरिरहेको तालिम केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक (एकेडेमिक सेन्टर) तथा प्रशिक्षण केन्द्रका रूपमा विकास गर्ने उद्देश्यले उक्त भवन निर्माण थालिएको हो ।
सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरले निर्माण अन्तिम चरणमा पुगेको जनाएको छ । भवनको सरसफाइ गरेर केही दिनभित्रै राससलाई हस्तान्तरण गर्ने तयारी गरिएको आयोजनाका इञ्जिनियर सन्तोष यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार जेनेरेटरबाट विद्युत्को मुख्य प्यानलमा तार जोड्न र फायर फाइटिङ परीक्षण गरेर सरसफाइ गरी माघ १५ गतेभित्र भवन हस्तान्तरण गर्ने तयारी भइरहेको छ । उहाँले भन्नुभयो, “हामीले निर्माण कम्पनीलाई छिटो गर्न भनेका छौँ, लगभग सबै काम सकिएको छ ।”
भवनको आज निरीक्षण गर्दै राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले राससले पत्रकारिता क्षेत्रमा व्यावसायिक एवं दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने आवश्यकता महसुस गरी यहाँ ‘तालिम केन्द्र भवन’ निर्माण गरेको बताउनुभयो । आमसञ्चारसँग सम्बन्धित सैद्धान्तिक, व्यावहारिक र प्राविधिक ज्ञान दिने उद्देश्यले यो तालिम केन्द्र भवन निर्माण गरिएको उहाँको भनाइ छ ।
निर्माण सम्पन्न भएसँगै यो भवन सञ्चालनमा आएपछि रासस मात्रै नभएर समग्र पत्रकारिताको विकासमा महत्वपूर्ण योगदान पुग्ने अध्यक्ष झाले विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यो भवन भविष्यमा पत्रकारिताका सन्दर्भमा ‘एकेडेमिक सेन्टर’का रूपमा स्थापित हुने अपेक्षा छ ।”
व्यवस्थित तालिम केन्द्र बनेसँगै स्थानीय, प्रदेश र सङ्घीय सरकारका निकाय, गैरसरकारी संस्था, निजी संस्थालाई पनि तालिमका लागि उपयोगी हुने विश्वास लिइएको अध्यक्ष झाले बताउनुभयो । राससमा अध्यक्ष भएर आएपछि तालिम केन्द्रको अवधारणा अनुसार यहाँ भवन निर्माण थालिएको उहाँले उल्लेख गर्नुभयो ।
भरतपुर महानगरपालिका–१० मा राससको आफ्नै जमिनमा भूमिगत पार्किङसहित चार तलाको भवन तयार भएको छ । त्यसमाथि अझै दुई तला थप गर्न सकिने गरी भवन निर्माण तथा नक्साङ्कनको व्यवस्था गरिएको छ ।
भवनमा १३ वटा आवासीय कक्ष, स्टुडियो, प्रयोगशाला, तालिम कक्ष, चमेना गृह, कार्यालय कक्षलगायत सुविधासम्पन्न पूर्वाधार निर्माण गरिएका छन् । सो भवनमा ३० जनालाई आवासीय सुविधासहितको तालिम दिन सकिने व्यवस्था छ ।
विसं २०८० जेठ ८ गते निर्माण सम्झौता भई काम सुरु गरिएको सो केन्द्रको नवनिर्मित भवन अहिले हस्तान्तरणको चरणमा पुगेको हो । सघन सहरी तथा भवन निर्माण आयोजना, भरतपुरले रु पाँच करोड ७६ लाख ७१ हजारमा भवन निर्माण गरेको छ ।
यसैगरी बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘एयरकण्डिसन’ जडानका लागि रु १७ लाख ५० हजार बजेट विनियोजन गरेको छ भने भरतपुर महानगरपालिकाले रु नौ लाख सहयोग गरेको छ । रासस