सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरक्षा समितिद्वारा मतदानस्थानस्थल अनुगमन


  •    न्युजभित्तो/८ माघ २०८२, बुधबार १४:५० 
  • चितवन, ७ माघ । जिल्लाकाला मतदानस्थललाई निर्वाचनका दृष्टिकोणले तीन भागमा विभाजन गरिएको छ । जिल्ला सुरक्षा समितिले अति संवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा विभाजन गरेको हो ।

    सुरक्षाका दृष्टिले मतदानस्थललाई हरेक निर्वाचनमा विभाजन गरेर सुरक्षा व्यवस्था मिलाइँदै आइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार २३ मतदानस्थल अति संवेदनशील, ९३ स्थल संवेदनशील र ४७ स्थल सामान्य छन् । उहाँले भन्नुभयो, “निर्वाचनका दृष्टिले सबै मतदान केन्द्र उत्तीनै महत्वपूर्ण रहेको हुन्छ ।” वर्गीकरणमा परेका मतदानस्थललाई फरक किसिमको सुरक्षा व्यवस्था मिलाउने गरी सुरक्षा समितिले काम गरेको उहाँले बताउनुभयो ।

    निर्वाचनको तयारीमा सरकार लागेपछि प्रमुख जिल्ला अधिकारीसहितको टोलीलले मतदान स्थलको निरीक्षण गरेर वर्गीकरण गरेको हो । यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लाका तीनै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भई प्रत्यक्षतर्फको मनोनयनसमेत सकिएको छ । निर्वाचनमा जिल्लाका तीन वटा निर्वाचन क्षेत्रमा ४ लाख ४२ हजार ८२ जना मतदाता रहेका छन् । जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रो लिङ्गी रहेका छन् ।

    जिल्लाका १६२ वटा स्थल र ४९४ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् । निर्वाचन कार्यालयका प्रमुख भिमशेन कार्कीले प्रतिनिधिसभा निर्वाचन २०७९ को निर्वाचनको तुलनामा यस वर्ष हुने प्रतिनिधिसभा निर्वाचनमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् भने ३४ वटा मतदान केन्द्र थप भएको बताउनुभयो ।

    क्षेत्र नम्बर १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । जसमा ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।
    यस्तै क्षेत्र नम्बर २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । यहाँ ४८ वटा स्थल र १५२ वटा केन्द्रबाट ती मतदाताले मतदान गर्ने छन् ।

    क्षेत्र नम्बर ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रो लिङ्गी रहेका छन् । उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्ने छन् । प्रतिनिधिसभा २०७९ मा जिल्लामा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आलेख:‘कसैसँग छैन आशा, गर्छन् सडकमै सङ्घर्ष’
    घुम्तीगोठमा बाख्रा पालेर स्वरोजगार र आत्मनिर्भर
    मातातीर्थमा मातृभक्तको भीड
    • मातातीर्थ औँसीमा प्रधानमन्त्री शाहद्वारा आमाहरूप्रति सम्मान व्यक्त
    • मन्त्री डा तिमिल्सिनाद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, राजस्व तिरेको २४ घण्टाभित्र छाप्न सुरु
    • सुनचाँदीको मूल्यमा सामान्य गिरावट
    • डुङ्गा पल्टिँदा बाबुछोरा बेपत्ता

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.