सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनको माधवपुरमा राष्ट्रिय भजन तथा शङ्ख वादन प्रतियोगिता हुने 


  •    न्युजभित्तो/११ माघ २०८२, शनिबार १४:१५ 
  • चितवन, १० माघ ।   नेपाली संस्कृति, धर्म र लोकभजनको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले “ऐतिहासिक भजन तथा शङ्ख ध्वनि प्रतियोगिता–२०८२” आयोजना हुने भएको छ । युवा पुस्तामा मौलिक नेपाली लोकभजन, धार्मिक सँस्कार र साँस्कृतिक पहिचानप्रति चेतना अभिवृद्धि गर्ने लक्ष्यसहित चितवनको माधवपुरमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

    रत्ननगर नगरपालिका–१५ अन्तर्गत माधवपुर क्षेत्रमा आयोजना हुने यस प्रतियोगिताको आयोजना माधवपुर मन्दिर तथा धार्मिक संघ–संस्था समन्वय समितिको पहलमा गरिएको हो । कार्यक्रम आगामी माघ २४ गते बिहान १० बजेदेखि माधवपुरस्थित खेलकुद विकास समितिको खेलकुद मैदानमा सञ्चालन हुने समितिले आज पत्रकार सम्मेलनको आयोजना गरी जनाएको छ ।

    सो अवसरमा आयोजक समितिका संयोजक मुक्तिप्रसाद लामिछानेले प्रतियोगिताले नेपाली समाजमा धार्मिक आस्था, आध्यात्मिक चेतना र साँस्कृतिक पहिचानलाई पुनर्जीवित गर्न सहयोग पु¥याउने विश्वास लिइएको बताउनुभयो । माधवपुर क्षेत्रलाई भावी दिनमा धार्मिक–साँस्कृतिक केन्द्रको रूपमा स्थापित गर्ने लक्ष्य पनि कार्यक्रमको प्रमुख उद्देश्य रहेको उहाँको भनाई छ ।

    प्रतियोगिता सञ्चालन गर्नका लागि ५०५ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता तथा कार्यक्रम व्यवस्थापनका लागि करिब ५ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको उहाँले जानकारी दिनुभयो । रत्ननगर १५ बाट १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ भने बाँकी खर्च सहयोग संकलनमार्फत व्यवस्थापन गरिने उहाँको भनाई छ ।

    वडा अध्यक्ष आशिक तामाङले प्रतियोगितामा देशभरका भजन समूह तथा शङ्ख वादकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको बताउनुभयो । भजन प्रतियोगितातर्फ सहभागी समूहहरूको दर्ता निःशुल्क गरिएको भन्दै उहाँले उत्कृष्ट प्रस्तुति दिने भजनमध्ये प्रथम ५० हजार रुपैयाँ, द्वितीय ३० हजार रुपैयाँ, तृतीय २० हजार रुपैयाँ, र सान्त्वना १० हजार रुपैयाँ नगद पुरस्कार रहेको जानकारी दिनुभयो ।

    भवन एक समूहमा अधिकतम २० जनासम्म सहभागी हुन सक्ने व्यवस्था गरिएको भन्दै अध्यक्ष तामाङले सहभागी समूहले नेपाली मौलिकतासँग जोडिएका धार्मिक तथा सांस्कृतिक भजन प्रस्तुत गर्नुपर्ने नियम तय गरिएको बताउनुभयो । भजन प्रस्तुतिको अधिकतम समय १० मिनेट रहनेछ ।

    त्यसैगरी शङ्ख ध्वनि प्रतियोगितातर्फ प्रथम, द्वितीय र तृतीय हुने वादकलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताका लागि आवश्यक शङ्ख आयोजक समितिले उपलब्ध गराउने व्यवस्था गरेको छ ।

    प्रतियोगिताको मूल्याङ्कनका लागि चर्चित गीतकार तथा संगीतकार अर्जुन पोखरेल, लोकप्रिय गायिका बबिता बानियाँ ‘जेरी’ लगायत ख्यातिप्राप्त व्यक्तित्वहरू समावेश निर्णायक टोली रहने निश्चित भएको उहाँको भनाई छ ।

    भजन समूह दर्ताको अन्तिम मिति माघ २० गते बेलुका ४ बजेसम्म तोकिएको छ । आयोजक समितिले यस कार्यक्रमलाई केवल प्रतियोगितामा सीमित नराखी नेपाली धर्म, सँस्कृति, लोकसंगीत र सामाजिक एकताको संरक्षण अभियानका रूपमा अघि बढाउने विश्वास व्यक्त गरेको छ । यस ऐतिहासिक धार्मिक–सांस्कृतिक उत्सवलाई सफल बनाउन सम्पूर्ण भजन समूह, शङ्ख वादक, धार्मिक संघ–संस्था, युवा वर्ग, बुद्धिजीवी, समाजसेवी, आम नागरिक तथा सम्पूर्ण सञ्चारमाध्यमलाई सहयोग र सहभागिताका लागि समितिका सचिव पुरुषोत्तम कट्टेलले आव्हान गर्नुभयो । माधवपुर क्षेत्रमा १७ वटा विभिन्न मठमन्दिर रहेका छन् ।

    उक्त प्रतियोगिता महोत्सवकै रुपमा आयोजना गरिएकाले दर्शकका श्रोताको रुपमा समेत सहभागी हुन आम सर्वसाधराणलाई वडा अध्यक्ष तामाङले आव्हान गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.