सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्साहित छन् नयाँ मतदाता


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार १४:४६ 
  • चितवन, ९ माघ । दलहरूले मनोनयन सकेर मत माग्न गाउँ छिरेसँगै निर्वाचनको माहोल बन्दै गएको छ । उम्मेदवार लिएर दलका नेता तथा कार्यकर्ता मत माग्न घरघर जान थालेका छन्भने दलहरू भेला र निर्वाचनको माहोल बनाउने काममा जुटेका छन् । निर्वाचनको माहोल बन्दै गर्दा पहिलो पटक नाम दर्ता गराएका युवा मतदानका लागि उत्साहित देखिएका छन् । जेनजी आन्दोलनपछि अब आउने जनप्रतिनिधिले युवाको भावना बुझ्ने भन्दै उनीहरूमा उत्साह थपिएको हो ।

    भरतपुर महानगरपालिका–१० का सोफिल मोक्तान नयाँ ऊर्जाका साथ देश विकास गर्ने योजना भएका नेतालाई निर्वाचित गरेर पठाउन मत हाल्नका लागि आफू उत्साहित भएको बताउनुहुन्छ । दलहरूले आ–आफ्ना उम्मेदवारको पक्षपोषण गरे पनि कसलाई जिताउने भन्ने अधिकार रहेक मतदातामा रहेकाले आफू पहिलोपटक त्यसको प्रयोग गर्न गएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । “पहिलो पटक मतदान गर्न लागेको छु । उत्साहित छु । देशको विकास गर्न सक्ने नेतृत्व छान्ने हो”, मोक्तानले भन्नुभयो ।

    यस्तै, भरतपुर महानगरपालिका–१२ का रीतिक रिमाल कुन उम्मेदवार ठिक छन् भनेर अध्ययनमै रहेकाले एजेण्डा हरेर मत हाल्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कुन उम्मेदवार कस्तो भन्ने विषयमा अध्ययन नगरी मतदान गर्नुहुन्न । राम्रो र सक्षम नेतृत्वलाई देशको विकासमा अघि बढाउन आवश्यक छ । त्यसैअनुसार सोच बनाइरहेको छु ।”

    रिमाल जेनजी आन्दोलनका पक्षमा पनि लाग्नुभएको थियो । उहाँ पहिलो पटक मतदान गर्दै हुनुहुन्छ ।

    भरतपुर महानगरपालिका–५ का शमिर शर्मा पनि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक मतदान गर्दै हुनुहुन्छ । युवा पुस्ताको आन्दोलनपछि अब देशको विकास हुन्छ की भन्ने लागेर मतदान प्रक्रियामा सहभागी हुने उहाँले बताउनुभयो । “राम्रो मान्छे उम्मेदवार भएमा मतदान गरेर विजयी गराउ र देशको विकासमा आफ्नो योगदान पु¥याउ भन्ने लागेको छ । युवाको विषयमा सोच्ने नेतृत्व चयनका लागि मतदान गर्ने सोच छ”, शर्माले भन्नुभयो ।

    सञ्चुकुमारी तामाङ पनि आफूले पहिलो पटक मतदान गर्न लागेको र त्यसको सही प्रयोग गर्न उम्मेदवारबारे अध्ययन गरिरहेको बताउनुहुन्छ । युवा पुस्ताका लागि केही सोच्ने नेतृत्वका लागि मतदान गर्ने योजनासहित फागुन २१ को पर्खाइमा रहेको उहाँले बताउनुभयो ।

    जिल्ला निर्वाचन कार्यालयका अनुसार यही फागुन २१ गते हुने निर्वाचनमा जिल्लाका तीन निर्वाचन क्षेत्रमा ३३ हजार ७४० जना नयाँ मतदाता थपिएका छन् । तीमध्ये अधिकांश युवा मतदाता रहेका छन् । केही यस अघिनै उमेर पुगे पनि मतदाता नामावलीमा पहिलो पटक नाम दर्ता गराएकाहरू हुन ।
    जिल्लामा चार लाख ४२ हजार ८२ जना मतदाता रहेका छन्, जसमा दुई लाख १७ हजार ३१४ जना पुरुष र दुई लाख २४ हजार ७६६ जना महिला एवं दुई जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ १६२ वटास्थल र ४९४ वटा केन्द्रबाट मतदानको व्यवस्था गरिएको छ ।

    निर्वाचन कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीका अनुसार क्षेत्र नं १ मा एक लाख ४९ हजार ६२१ जना मतदाता रहेका छन् । तीमध्ये ७६ हजार ७६१ जना पुरुष र ७५ हजार ८६० जना महिला रहेका छन् । यस क्षेत्रमा ५६ वटा मतदानस्थल र १६८ वटा मतदान केन्द्र रहेका छन् ।

    यस्तै, क्षेत्र नं २ मा एक लाख ३७ हजार १५२ जना मतदाता रहेका छन् । तीमध्ये ६७ हजार ८५७ पुरुष र ६९ हजार २९४ महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन् । यहाँ ४८ वटास्थल र १५२ वटा केन्द्र रहेका छन् ।

    क्षेत्र नं ३ मा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय चितवनले जनाएको छ । तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एकजना तेस्रो लिङ्गी रहेका छन् । प्रतिनिधिसभामा विसं २०७९ मा चितवनमा चार लाख आठ हजार ३४२ मतदाता रहेका थिए ।
    रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.