सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

साना दल र स्वतन्त्रका अधिकांश युवा उम्मेदवार


  •    न्युजभित्तो/१० माघ २०८२, शुक्रबार १४:०१ 
  • चितवन, ९ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका साना दल र स्वतन्त्र उम्मेदवार युवा रहेका छन् । जिल्लाका तीन क्षेत्रमा उम्मेदवारी दिएका ६५ जनामध्ये २५ जना ४० वर्ष मुनिका रहेका छन् । तिनिहरुमा नेकपा एमाले र रास्वपाका एक÷एक जना हुन भने बाँकी साना दलका र स्वतन्त्र उम्मेदवार का हुन् ।

    जेनजी आन्दोलनपछि नेतृत्वमा आएर राष्ट्रनिर्माणमा लाग्न युवा उत्साहित भएसँगै उम्मेदवारी परेको हो । जिल्लामा तीन निर्वाचन क्षेत्र रहेका छन् । निर्वाचन क्षेत्र नं १ मा १९ उम्मेदवार छन् । सोमध्ये पाँच जना ४० वर्ष मुनिका रहेका छन् । त्यस्तै, क्षेत्र नं २ मा २३ जनाले उमेदवारी दर्ता गराएकामा ४० वर्षमुनिका १२ जना रहेका छन् । क्षेत्र नं ३ मा पनि २३ जनाले उम्मेदवारी दर्ता गराएकामा आठ जना ४० वर्ष मुनिका रहेका छन् ।

    निर्वाचन कार्यालयका अनुसार जिल्लामा सबैभन्दा कम उमेरका उमेदवार प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास कामी हुनुहुन्छ । राप्ती नगरपालिका–९ का २५ वर्षीय कामी क्षेत्र नं १ का उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं १ मा दुई स्वतन्त्र उम्मेदवार २८ वर्षका सौरव कँडेल र ३० वर्षका सञ्जय रिजाल हुनुहुन्छ । सोही क्षेत्रका नेपाल मजदुर किसान पार्टीका २९ वर्षीय अर्जुन प्रजा उम्मेदवार हुनुहुन्छ । यस्तै जनता समाजवादी पार्टीका ३९ वर्षीय अजय ठाकुर उम्मेदवार बन्नुभएको छ ।

    चितवन क्षेत्र नं २ मा ४० वर्षमुनिका १२ जनाको उम्मेदवारी दर्ता भएको छ । नेकपा एमालेका अस्मिन घिमिरे ३८ वर्षीय हुनुहुन्छ । मङ्गोल नेसनल अर्गनाइजेसन पार्टीबाट २८ वर्षका ऋषा गोले उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी)बाट ३८ वर्षीया दिर्शनाकुमारी शाही र आम जनता पार्टीका ४० वर्षीया देवीकुमारी मगर उम्मेदवार हुनुहुन्छ । बत्तीस वर्षीया निर्मलाकुमारी ठाकुर जनमत पार्टीबाट उम्मेदवार हुनुहुन्छ । यस्तै ३४ वर्षका मिलन थापा मगरले श्रम संस्कृति पार्टीबाट उमेदवारी दर्ता गराउनुभएको छ भने ३६ वर्षीय शोभावासु कला मजदुर किसान पार्टी र ३४ वर्षका सुवास महतो नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार हुनुहुन्छ ।

    तीस वर्षका कृष्णप्रसाद चापागाईं,  ३१ वर्षका प्रवनी सापकोटा, २९ वर्षका रवि कुमाल र ३७ वर्षका शङ्कुप्रसाद जैसी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । कार्यालयको तथ्याङ्कअनुसार क्षेत्र नं ३ मा ४० वर्षमुनिका आठ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । श्रम संस्कृति पार्टीका ३८ वर्षका तोजमान गुरूङ, नेकपा (माओवादी)का ३६ वर्षका डा आशिकप्रसाद महतो, राष्ट्रिय नागरिक पार्टीका ३० वर्षका विजन गुरूङ, रास्वपाबाट ३१ वर्षीया सोविता गौतम, जनता समाजवादी पार्टीका ३८ वर्षका थमनसिंह सुनारले उम्मेदवारी दिनुभएको हो । यस क्षेत्रमा ४० वर्षमुनिका दुई उम्मेदवार स्वतन्त्रबाट छन् । छत्तीस वर्षका कृष्णप्रसाद अधिकारी र ३७ वर्षका रोलबहादुर गुरूङले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा असोज २४ र २५ गते ईन्टर लायन्स ‘गभर्नर्स कप ब्याडमिन्टन च्याम्पियनसिप’ हुने
    ‘ठूलो होइन, राम्रो बैंक बन्ने हाम्रो लक्ष्य हो’ : गरिमा सीईओ उपाध्याय
    चितवनको बधस्थल अस्तव्यस्त: ‘मासु जाँच ऐन २०५५’ कार्यान्वयन गर्दै माडी नगरपालिका
    • इच्छाकामना आधारभूत अस्पतालको सेवा नयाँ भवनबाट सञ्चालन
    • भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    • लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    • वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.