चितवन सेरोफेरो
चितवन, जेठ २५– भरतपुर महानगरपालिका वडा नम्बर–८ स्थित अशोकचोकदेखि डेरीचोकसम्मको सडक स्तरोन्नती गरिने भएको छ । हाकिमचोक–धारेचोक–पाँडेघुम्ती–सीतामाई सडक खण्डको अशोकचोकदेखि डेरीचोकसम्मको सडकको ४ किलोमिटर सडकको बुधबार शिलान्यास गरिएको छ । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार विहान एक कार्यक्रमका बीच...
चितवन, जेठ २५- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघको सङ्ख्या बढेसँगै बाघले मध्यवर्ती क्षेत्रमै बासस्थान बनाउन थालेको छ । बाघको बासस्थान वरपर मानवीय गतिविधि पूर्ववत् अवस्थामा रहँदा हिंस्रक घटना बढ्न थालेका हुन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गएको ११...
चितवन,जेठ २५- चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो । छ दिनअघि वर्ड एजुकेशन सोसाइटी सौराहाका सदस्य राजु तामाङले सो चराको...
चितवन,जेठ २४- भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गर्नुभएको हो । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सापास, राजश्व, बहाल कर लगायतका...
चितवन, जेठ २४– भरतपुर महानगरपालिका नगरकार्यपालिको निर्वाचनमा गठबन्धनका सबै उम्मेद्वारहरु निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा आज (मंगलबार) भएको निर्वाचनमा गठबन्धनकातर्फबाट उम्मेदवारी दिएका ८ जना नै निर्वाचित भएका हुन् । निर्वाचित हुनेमा खुलातर्फ गठबन्धनमा आवद्ध नेपाली कांग्रेसका...
चितवन, २४ जेठ । भरतपुरमा नेपालकै ठूलो र सुविधा सम्पन्न ट्रायल सेन्टर तयार भएको छ । भरतपुर महानगरपालिका ९ तीनतले चोकमा महालक्ष्मी ट्रायल सेन्टर निर्माण भएको हो । सेन्टरका संचालक डम्बर थापाका अनुसार नवनिर्मित ट्रायल सेन्टर छिट्टै सेवाग्राहीहरुका लागि सञ्चालनमा...
चितवन,२४ जेष्ठ – चितवनका किराना पसलहरु अबदेखि शनिबार बन्द हुने भएको छ । किराना व्यवसायी संघ चितवनको आज (सोमबार) बसेको कार्यसमिति बैठकले शनिबार पसल बन्द गर्ने निर्णय गरेको हो । बजारको मागलाई सम्बोधन गर्दै अबदेखि किराना पसल शनिबार बन्द गर्ने...
चितवन, जेठ २३- चितवनमा धान रोप्ने समय सुरु हुन लाग्दा बजारमा रासायनिक मलको चरम अभाव भएकोले किसान चिन्तित छन् । हरेक वर्ष जस्तै यस वर्ष पनि धान रोप्ने समयमा जिल्लामा रासायनिक मलको चरम अभाव हुँदा किसानहरु चिन्तित भएका हुन् । असारमा...
चितवन, २३ जेठ– भरतपुर महानगरपालिका–५ श्रृष्टि चोकबाट एक थान कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ गर्नेमा सोही महानगरपालिका–६ बस्ने ४० वर्षीय दिपक पुन छन् । उनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । ना।४५ प...
चितवन,२३ जेष्ठ – भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले समृद्ध महानगर निर्माण गर्न राजनैतिक खिचातानी बन्द गर्न भरतपुरबासीलाई गरेकी छन् । सोमबार भरतपुर–५ रामेश्वर शिवालय मन्दिरमा आयोजित वृक्षारोपण तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएकी हुन् । महानगर प्रमुख...










