सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप


  •    न्युजभित्तो/८ असार २०७९, बुधबार १५:३३ 
  • चितवन, असार ८- चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।

    स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

    चितवनमा लक्षित समूहका बालबालिका करिब ७० हजार ३८२ जना रहेको कार्यालयको अनुमान छ । बालबालिकाका लागि जिल्लामा भने ७६ हजार ८०० डोज खोप प्राप्त भएको केसीले बताए । विद्यालयमा पढ्ने र विद्यालय बाहिरका बालबालिका सबैलाई विद्यालय खोप केन्द्रमा नै खोप लगाइने उनले जानकारी दिए ।

    ५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने उनी बताउँछन् । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ । खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने उनले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।

    ‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनी भन्छन्, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’

    बालबालिकालाई दिन लागिएको यो खोप पूर्ण सुरक्षित रहेको उनले बताए । यसको प्रभावकारीता ९१ प्रतिशत रहेको छ । खो लगाउँदा एलर्जी हुने, कोभिड संक्रमण भएका र गम्भीर रोगको औषधि खाइरहेका बालबालिकाले चिकित्सकको परामर्श लिएर खोप लगाउनुपर्ने उनले बताए ।

    खोप अभियानका लागि जिल्लाका ५४० विद्यालयलाई खोप केन्द्रका रुपमा प्रयोग गरिनेछ । खोप लगाउन ९४४ स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयकी सूचना अधिकारी गिताञ्जली ढकालले बताइन् । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनालाई खोपको पहिलो मात्रा, चार लाख ७० हजार ५७ जनालाई खोपको दोस्रो मात्रा र ९३ हजार ४७० जनालाई खोपको बुस्टर मात्रा लगाइसकिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विनयी त्रिवेणीका जनप्रतिनिधि, कर्मचारीबाट ३२ लाख ३० हजार सहयोग
    बाढी-पहिरो प्रभावितका लागि ब्रान्डेड अटोमोबाइल्सको एक लाख एक हजार एक सय रुपैयाँ सहयोग
    भोटेकोशी बाढीः सुरुङ इलाकामा खोज, उद्धार तीव्र
    • भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छः अध्यक्ष ओली
    • दाउन्ने एग्रो फार्म लिमिटेडले बेच्यो नौ करोड २४ लाख वटा अण्डा
    • नेपाल लेयर्स कुखुरा पालक संघद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख सहयोग
    • घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.