सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर महानगरको नीति तथा कार्यक्रमः एकीकृत सहरी विकास गुरुयोजना तयार गरी दिगो पूर्वाधार निर्माणमा प्राथमिकता


  •    न्युजभित्तो/१० असार २०७९, शुक्रबार १४:२१ 
  • चितवन । भरतपुर महानगरपालिकाले एकीकृत सहरी विकास गुरू योजना तयार गरी ब्यवस्थित, सन्तुलित र दीगो सहरी पूर्वाधारहरू निर्माणमा प्राथमिकता दिएको छ । ११ औं नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा महानगरपालिकाका मुख्य शहरी क्षेत्रमा सतह ढल निर्माण गरेपछि मात्र सडक कालोपत्रे गर्ने नीति महानगरले लिएको हो ।

    महानगर प्रमुख रेनु दाहालले आज यहाँ प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा शहिद चोक, हाकिमचोक र मालपोत चोक जस्ता व्यस्त चोकहरूमा आकाशे पुल निर्माण गरिने उल्लेख छ । खाल्टा खुल्टी मुक्त महानगरको अभियान सञ्चालन गरी महानगरपालिकामा निर्मित पूर्वाधारहरूको मर्मत–सम्भार, ग्रावेल, खाल्टाखुल्टी जस्ता स–साना मर्मत कार्यहरू तत्काल कार्यान्वयन गर्न प्राविधिक सहितको टिम बनाइ कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा जनाईएको छ ।

    महानगरभित्र तीनवटा रूटमा विद्युतीय बसहरूसहित गुणस्तरीय र सुरक्षित सार्वजनिक यातायात सेवाको प्रारम्भ गरिनेछ । जेष्ठ तीर्थयात्रीका लागि पवित्र धाम देवघाटसम्म जाने र आउने निशुल्क विद्युतीय बसको सुविधा प्रदान गरिने उहाँले बताउनुभयो । महानगरभित्र अत्यावश्यक स्थानमा सार्वजनिक शौचालयहरू निर्माण गरिनेछ ।

    महानगरपालिकालाई हरियाली, वातावरण मैत्री तथा खेलकुदमैत्री शहरकोरूपमा अगाडि बढाउन एक वडा, एक पार्क तथा एक वडा, एक खेल मैदान हुने गरी पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
    भरतपुरको मुख्य शहरी क्षेत्रलाई विकेन्द्रीकरण गर्ने उद्देश्यले स्याटेलाइट टाउनको सम्भाव्यता अध्ययन गरिने प्रमुख दाहालले बताउनुभयो ।

    नगरवनलाइ अन्तराष्ट्रिय स्तरको पर्यटकीय पूर्वाधारका रूपमा विकास गर्न आवश्यक पहल गरिने भएको छ । अन्य सामुदायिक वनहरूलाइ पनि दीगो पर्यटकीय स्रोतका रूपमा संरक्षण गर्न आवश्यक पहल नीति तथा कार्यक्रममा उल्लेख छ ।

    भरतपुर महानगर अन्तर्गतका सामुदायिक विद्यालयहरू मध्येबाट ५ बिगाहभन्दा बढी क्षेत्रपÞmल भएका नमुना उन्मुख एक विद्यालय छनोट गरी खेलकुदका पूर्वाधार सहितको संरचना निर्माणको गुरू योजना तयार गरी कार्यान्वयन गरिने भएको छ । महानगरपालिका क्षेत्रभित्र संचालन हुने विकास आयोजनाहरूको जनसहभागिता सम्बन्धी नीतिमा एकरूपता कायम गरिनेछ । नयाँ सडक निर्माण सम्बन्धी आयोजनाहरूमा कम्तीमा २० प्रतिशत, सडक पुनर्निर्माण र मर्मत सम्बन्धी आयोजनाहरू तथा अन्य पूर्वाधार जस्तै विद्यालय भवन, कल्भर्ट, सिंचाई, सामुदायिक भवन आदि आयोजनाहरूलाई कम्तीमा १० प्रतिशत र जनसहभागिता नजुट्ने आयोजनाको सञ्चालन बोलपत्रको माध्यमबाट कार्यान्वयनमा ल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    रोजगारी सिर्जना हुने र मेशिनरी औजार प्रयोग नहुने आयोजनाहरू मात्र उपभोक्ता समितिबाट सञ्चालन गरिने र ठूला तथा मेसिनरी औजार प्रयोग हुने, रु. ४० लाख भन्दामाथिको लागत र २० प्रतिशत भन्दा कम जनसहभागिता भएका सडक आयोजना बोलपत्र मार्फत् कार्यान्वयनमा ल्याइनेछ ।
    नेपाल बिद्युत प्राधिकरणसँगको सहकार्यमा महानगरका मुख्य सडक तथा बजार क्षेत्रहरूमा स्मार्ट सडक लाइट एवं हाई मास्ट वत्ति जडान र विस्तारको कार्यलाई निरन्तरता दिइनेछ । भरतपुर केन्द्रीय बस टर्मिनलमा निर्माण शुरू भएको विद्युतीय सबारी साधनका लागि चार्जिङ्ग स्टेसन सम्पन्न गरी अन्य स्थानमा समेत क्रमशः विस्तार गरिनेछ ।

    जिआईएस प्रविधिको प्रयोग गरी वडा सीमाना, सडक सञ्जाल एवं सडक अधिकार क्षेत्र वर्गिकरण गरिने छ । जिपिएस सिस्टम कार्यान्वयन गरी सवारी साधनहरूमा नेभिगेसन जडान प्रविधि लागु गरिनेछ । पूर्वाधार विकासको कार्यलाई व्यवस्थित गर्न आगामी वर्ष सञ्चालन गरिने सम्भावित ठूला आयोजनाहरूको ‘परियोजना बैंक’ तयार गरिने नीति तथा कार्यक्रममा जनाईएको छ ।

    महानगरपालिका क्षेत्रभित्रका विद्युत, टेलिफोन, केबुल लाइन र इन्टरनेटका तारलाई चरणवद्ध रूपमा भूमिगत गर्दै लगिने भएको छ । जथाभावी जमिन खण्डीकरण गर्ने कार्यलाई निरूत्साहित गरिनेछ । अव्यवस्थित बसोबास कार्यलाई नियन्त्रण गर्न भू–उपयोग नीति तथा मापदण्ड तयार गरी कार्यान्वयनमा ल्याइने छ ।

    सडक अधिकार क्षेत्र १६ मिटर भन्दा बढी र अन्य सडक निर्माण गर्दा हरियाली, फुटपाथ र साइकल लेनसहितको सडक निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने दाहालले बताउनुभयो ।

    महानगरपालिका भित्रका ६ मिटरभन्दा बढी सडक अधिकार क्षेत्र भएका सडक कालोपत्रे गर्दा आधुनिक प्रविधि अवलम्बन गरी निर्माण गर्ने नीतिलाई निरन्तरता दिइनेछ । देश भित्रैको स्रोतसाधनलाई प्रयोग गरी पूर्वाधार निर्माण गर्ने नीतिलाई अवलम्बन गरिने उल्लेख गर्दै सो अनुसार ६ मिटर भन्दा स–साना सडकमा मोजाइक टायल तथा ढलान गर्ने नीतिलाई निरन्तरता दिइने जनाईएको छ ।

    सहरी क्षेत्रमा बसोवास गर्ने नागरीकहरूलाई शारीरिक व्यायामका लागि सार्वजनिक स्थलहरूमा आधुनिक खुल्ला व्यायामशाला स्थापना गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ । सहरी संरचनालाई विश्वव्यापी मापदण्डअनुरूपको बनाउन अपांगमैत्री र वातावरणमैत्री भौतिक संरचना निर्माण गर्ने कार्यलाई निरन्तरता दिइने जनाईएको छ ।

    केरूङ्गा घोल, पुङ्गी खोला लगायतका स्थानहरूलाई महानगरको मूल सतह ढल निकासको क्षेत्र घोषणा गरी संरक्षण तथा सौन्दर्यकरण गरिने छ । नारायणी नदी किनारामा निर्माणाधीन सी विच मोडेल सहितको मनोरञ्जन पार्क निर्माण गर्ने कार्यलाई संघ एवं प्रदेश सरकारसँगको साझेदारीमा निरन्तरता दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    महानगरपालिकाको वडा नम्बर २९ मा निजी क्षेत्रसँग सहकार्य गरी एक राष्ट्रियस्तरको औद्योगिक शिक्षालय निर्माण गर्न निजी क्षेत्रलाई प्रोत्साहित गरिने भएको छ । महानगरपालिका भित्र एक सडकमा एउटै रंग भएका भवन तथा एक सडक, एक विद्युत स्वीच जडान विधि कार्यान्वयन गर्ने नीति लिईने भएको छ ।

    पूर्वाधार विकास वैंकसँग साझेदारी गरी महानगरमा सञ्चालन हुने पूर्वाधार विकासका लागि स्रोत उपलब्ध गराउन सहजीकरण गरिने भएको छ । महानगरपालिका र निजि क्षेत्रको संयुक्त लगानीमा बायोग्याँस प्रणाली निर्माण गर्ने कार्यको थालनी गरिने भएको छ । अटोल्याण्ड स्थापनाको सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा कार्यान्वयन प्रकृया अघि बढाइने नीति तथा कार्यक्रममा जनाईएको छ ।

    भरतपुर महानगरपालिकालाइ खेलकुद सिटीका रूपमा विकास गरिने भएको छ । देशकै गौरवपूर्ण आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण कार्य सम्पन्न गर्न नेपाल सरकार, बागमती प्रदेश सरकार र राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय र पहल गरिने दाहालले बताउनुभयो । फुटवल रङ्गशाला चित्रवनको पूर्णता, क्याम्पाचौर लाइ मिनि स्टेडियम लगायतका पूर्वाधारहरूलाई प्राथमिकताका साथ विकास गरिने भएको छ ।

    “वडामा अस्पताल, स्वास्थ्य क्षेत्रमा समाजवाद“ तथा हाम्रो पालिका स्वस्थ बालबालिकाको अवधारणा अनुरूप महानगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट प्रदान गरिने स्वास्थ्य सेवालाई गुणस्तरीय र जनमुखीबनाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    दूध उत्पादनमा दिइदै आएको उत्पादनमा आधारित प्रति लिटर दूधमा रू. ३।– अनुदानलाई निरन्तरता दिईने भएको छ । वागमती प्रदेशसँगको समन्वयमा पशु एम्बुलेन्स कार्यक्रमलाइ प्रभावकारी बनाइने जनाईएको छ ।

    भरतपुर भ्रमण वर्ष २०८० घोषणा गरी “घुमौं भरतपुर“ अभियान सञ्चालन गरिने नीति तथा कार्यक्रममा जनाईएको छ । भरतपुर (चितवन) – पोखरा (कास्की) – लुम्बिनी स्वर्ण त्रिकोण पर्यटन प्रबद्र्धन कार्यक्रमलाई सफल बनाइने भएको छ ।

    भरतपुर महानगर दीगो औद्यौगिक शहर भन्ने अभियान सञ्चालन गरिने भएको छ । महानगरभित्र उद्योग सञ्चालन कार्यविधि बनाइ लागू गरिने छ ।

    कर तिरौं आफ्नै लागि भन्ने अभियान सञ्चालन गरी कर प्रशासनलाई सरल, पारदर्शी, प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाई अधिकतम कर संकलन हुने वातावरण सिर्जना गरिने भएको छ ।

    नेपाल पत्रकार महासंघ चितवन लगायत संचार सम्बद्ध संघ–संस्थाको क्षमता विस्तार र सशक्तिकरणका लागि साझेदारी गरिने भएको छ ।

    महानगरपालिकाले अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारका लागि अन्तर्राष्ट्रिय मेगासिटीसँग भगिनी सम्बन्ध कायम गरी विकास निर्माणका कार्यमा नविनतम प्रयोग गरिने छ । भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने सम्पूर्ण भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोगसँग समन्वय गरी जग्गा धनी प्रमाण पूर्जा वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    प्रमुख दाहालले अघिल्लो पाँच वर्षे कार्यकालमा भएका महत्वपूर्ण कार्यहरु, संघ र प्रदेश सरकारको बजेटमा यहाँ भईरहेका विकास कार्यहरुको चर्चा गर्नुभएको थियो । उहाँले महानगरको पहलमा संघ र प्रदेशसँग सहकार्य गरेर गर्न लागिएका महत्वपूर्ण आयोजनाहरुको बारेमा जानकारी दिनुभएको थियो । दोस्रो पटक निर्वाचित भएपछि दाहालले पहिलो नगर सभामा नीति तथा कार्यक्रम ल्याउनु भएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.