चितवन सेरोफेरो

पश्चिम चितवनमा विद्युत् आपूर्ति भरपर्दाे बनाउन सबस्टेसन बनाइँदै
-न्युजभित्तो

चितवन,२५ माघ । नेपाल विद्युत प्राधिकरणले चितवनमा १३२ केभी सबस्टेसन निर्माण गर्ने भएको छ । त्यसका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ । सबस्टेसनका लागि प्राधिकरणले भरतपुर–२६ र आसपासको क्षेत्रमा ४ बिघा जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन...

एनआरएनए अष्ट्रेलियाका महासचिव अधिकारीद्वारा राजदुतसँग भेट, समस्याबारे जानकारी
-न्युजभित्तो

चितवन, २५ माघ । चितवनको रामपुरमा स्थायी घर भई अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्दै आउनु भएको गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अष्ट्रेलियाका महासचिब राजु अधिकारीले नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि वोल्कसँग भेट गर्नुभएको छ । भेटका क्रममा अधिकारीले राजदुत वोल्कलाई अष्ट्रेलियामा...

शक्तिखोर-फिसलिङ सडक फागुनदेखि सञ्चालनमा आउने
-न्युजभित्तो

चितवन,२५ माघ ।  मुग्लिन–नारायणगढ सडकको विकल्पका रूपमा शक्तिखोर–फिसलिङ सडक तयार भएको छ। उक्त सडकखण्ड आगामी फागुनभित्र सञ्चालनमा आउने भएको छ। ग्रामीण सडकका रूपमा निर्माण गरिएको यस सडकखण्डमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न सकिनेछ। २०७५ सालबाट निर्माण थालिएको सडकको...

चितवनमा किसानबाट ५ रुपैयाँमा लिएको तरकारी ५० मा बिक्री
-न्युजभित्तो

चितवन,२४ माघ । चितवनका किसानको तरकारी बारीमा बिचौलियाको रजगज भएकोले किसानले मूल्य पाउन सकेका छैनन् । चितवनबाट करिब ५ घण्टाभित्र ढुवानी हुने काठमाडौँमा तरकारीको उपभोक्ता मूल्य भने १० गुणासम्म बढी पर्ने गरेकोले बिचौलियाको रजगज देखिएको हो  । तरकारी बारीदेखि नै बिचौलियाको...

तरकारी ढुवानीका लागि इच्छाकामनाले कृषि एम्बुलेन्स संचालन गर्ने
-न्युजभित्तो

भरतपुर,२४ माघ ।  कृषि क्षेत्रको समस्या समाधान गर्नका लागि चितवनको इच्छाकामना गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । यसका लागि सङ्घीय सरकार र गाउँपालिकाले बजेट विनियोजन गरेको छ । पालिकाभित्र पर्ने पहाडी क्षेत्रका किसानलक्षित कृषि एम्बुलेन्स खरिद गर्न...

मंगलपुर सहकारीको समीक्षा तथा अभिमुखीकरण
-न्युजभित्तो

भरतपुर, २१ माघ । मंगलपुर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो संस्थाले सञ्चालन गरेको कार्यक्रमको समीक्षा गरेको छ । संस्थाले आज शनिबार एक कार्यक्रम आयोजना गरी चालू आर्थिक वर्षको छ महिनाको कार्यक्रमको समीक्षा गरेको हो । संस्थाकै कार्यालयमा भएको कार्यक्रममा...

प्रधानमन्त्री प्रचण्डद्वारा किसानको माग सम्बोधन गर्न निर्देशन
-न्युजभित्तो

काठमाण्डौ, २१ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनमा किसानले सडकमा तरकारी फालेको विषयबारेमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ध्यानाकर्षण गराउनु भएको छ । प्रधानमन्त्री प्रचण्डले कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराउँदै किसानको माग सम्बोधनको लागि आवश्यक पहल...

चितवनमा तरकारी फ्याँकेर आन्दोलित किसानको पक्षमा उभिए दुई महासंघ
-न्युजभित्तो

काठमाडौँ, २१ माघ । तरकारीको उचित मूल्य नपाएपछि आन्दोलित भएका चितवनका किसानहरुको पक्षमा दुईवटा केन्द्रीय महासंघले ऐक्यवद्धता जनाएका छन् । अखिल नेपाल किसान महासंघ र नेपाल किसान महासंघले शनिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आन्दोलित किसानहरुको पक्षमा उभिने भएका हुन्...

५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फालियो
-न्युजभित्तो

चितवन,२० माघ । चितवनका किसानहरुले राजमार्गमै तरकारी फालेर प्रदर्शन गरेका छन् । भारतीय तरकारीले बजार कब्जा गरेको भन्दै चितवनका किसानहरूले आज दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत नारायणगढस्थित पुलचोकमा तरकारी फालेर प्रदर्शन गरेका हुन् । किसान संघर्ष समिति चितवनको आयोजनामा उनीहरुले टमाटर,...

चितवन मेडिकल कलेजमा पेन फिजिसियन सेवा सुरु
-न्युजभित्तो

चितवन,२० माघ।  चितवन मेडिकल कलेजले पेन (दुखाई) फिजिसियन सेवा शुरु गरेको छ । मेडिकल कलेजमा नेपालमा नै प्रथम पटक चितवन मेडिकल कलेजले यो सेवा सुरु गरेको शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ । सेवा शुभारम्भको अवसरमा शनिबार...