सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पश्चिम चितवनमा विद्युत् आपूर्ति भरपर्दाे बनाउन सबस्टेसन बनाइँदै


  •    न्युजभित्तो/२५ माघ २०७९, बुधबार १६:५८ 
  • चितवन,२५ माघ । नेपाल विद्युत प्राधिकरणले चितवनमा १३२ केभी सबस्टेसन निर्माण गर्ने भएको छ । त्यसका लागि जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाएको छ ।

    सबस्टेसनका लागि प्राधिकरणले भरतपुर–२६ र आसपासको क्षेत्रमा ४ बिघा जग्गा अधिग्रहण गर्ने भएको छ । सबस्टेसन निर्माणका लागि प्रस्तावित क्षेत्र नापजाँच भइसकेको छ ।

    त्यहाँको जग्गा २१ जनाको नाममा छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सूचना प्रकाशित गर्दै सम्बद्ध जग्गाधनीलाई २१ दिनभित्र मुआब्जा दाबीसहित रितपूर्वक निवेदन दिन आग्रह गरेको छ । तोकिएको म्यादभित्र निवेदन नदिइ म्याद गुजारेको खण्डमा कानुन बमोजिम हुने उल्लेख छ।

    चितवनको दक्षिण–पश्चिम क्षेत्रको विद्युत आपूर्ति प्रणालीलाइ पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन धौवादी–मेघौली १३२ केभी प्रसारणलाइन अन्तर्गत सबस्टेसन निर्माण गर्न लागिएको हो।

    गत मंसिर २० गतेको मन्त्रिपरिषद् बैठकले सबस्टेसन निर्माणका लागि प्राधिकरणलाई स्वीकृति दिइसकेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.