सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एनआरएनए अष्ट्रेलियाका महासचिव अधिकारीद्वारा राजदुतसँग भेट, समस्याबारे जानकारी


  •    न्युजभित्तो/२५ माघ २०७९, बुधबार १५:१७ 
  • चितवन, २५ माघ । चितवनको रामपुरमा स्थायी घर भई अष्ट्रेलियाको क्यानवेरामा बसोबास गर्दै आउनु भएको गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अष्ट्रेलियाका महासचिब राजु अधिकारीले नेपालका लागि अष्ट्रेलियन राजदुत फेलिसिटि वोल्कसँग भेट गर्नुभएको छ । भेटका क्रममा अधिकारीले राजदुत वोल्कलाई अष्ट्रेलियामा रहेका नेपालीहरुको समस्याका बारेमा विस्तृत जानकारी गराउनु भएको हो ।

    भेटका क्रममा अधिकारीले अर्धदक्ष श्रमिक अष्ट्रेलिया लैजाने बिषयमा प्रक्रिया अघि बढाउँदा उपयुक्त हुने सुझाव दिनु भयो । विश्वका अन्य देशबाट श्रमिकहरु आउने गरेको तर नेपालका श्रमिक न्यून पारिश्रमिकमा खाडी मुलुकहरुमा बढी जाने गरेको भन्दै अधिकारीले यहाँका श्रमिकलाई अष्ट्रेलिया लैजान सके राम्रो आम्दानी गर्न सक्ने बताउनुभयो । नेपालीहरु काममा इमान्दार हुने भएकाले कम मिहिनेतमा अष्ट्रेलियामा धेरै आम्दानी गर्न सक्ने देखिन्छ ।

    अष्ट्रेलियामा पछिल्लो समय नेपाली विद्यार्थीहरुको मनोवैज्ञनिक समस्या बढ्दै गएर आत्महत्यासम्म गर्ने गरेको भन्दै अधिकारीले त्यसको न्यूनिकरणका लागि आवश्यक पहल गर्न अनुरोध गर्नुभयो । उहाँले राजदुतावास र एनआरएन सहकार्य गरेर समस्या निवारणमा काम गर्न सकिने बताउनुभयो ।

    अष्ट्रेलियाबाट नेपाल पर्यटक भित्र्याउने बिषयमा आवश्यक पहल कदमी र समन्वय गर्न राजदुत वोल्कलाई उहाँले आग्रह गर्नुभयो । सो क्रममा राजदुत वोल्कले सन् २०२२ मा अष्ट्रेलियाबाट २७ हजार पर्यटक नेपाल भित्रिएको र अधिकांश नेपालीमुलका रहेको जानकारी गराउनुभयो । थप पर्यटक भित्र्याउनका लागि गैर आवासीय नेपाली महासंघ र राजदुताबासले भूमिका खेल्न सक्ने बताउनुभयो । नेपाली मूल बाहेकका पर्यटक भित्र्याउन प्रचारात्मक रुपमा लाग्नुपर्नेमा छलफल भएको थियो । अष्ट्रेलियनहरु विश्वका अन्य देशहरुमा घुम्न बढी जाने गर्दछन् । उनीहरुलाई नेपाल ल्याउनसके यहाँको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

    अधिकारीले अष्ट्रेलियामा नेपाली समुदाय मनोरञ्जन भिसामा गैर कलाकार प्रबेश गराएर अबैध रुपमा बसेकोप्रति चिन्ता व्यक्त गर्नुभएको थियो । ४०८ भिसामा गएकाहरुमध्ये अवैध रुपमा छिरेकाहरुलाई रोक्न नसके नेपालीहरुको प्रतिष्ठामाथि आँच आउने उहाँले बताउनुभयो । यसलाई मानवतस्करीकै रुपमा लिएर कडाई गर्न राजदुत वोल्कलाई आग्रह गर्नुभयो ।

    अधिकारीले राजदुतसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायतलाई भेट गरी नागरिकता विधेयक, अष्ट्रेलियामा रहेको नेपाली राजदुतावासमा जनशक्तिको अभावका कारण भएको कामको ढिलाई लगायतका विषयमा जानकारी गराउनु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.