सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुर अस्पतालमा सेवा पाउन सास्ती


  •    न्युजभित्तो/२४ चैत्र २०७९, शुक्रबार १५:४३ 
  • चितवन,२४ चैत । भरतपुर महानगरपालिका–१७ का वृद्ध मानबहादुर शाही विगत चार दिनदेखि भरतपुर अस्पतालको बहिरङ्ग सेवामा रुमलिइरहनुभएको छ । आज बहिरङ्ग विभागमा भेटिनुभएका उहाँले मिर्गौलाको पत्थरी झिक्नका लागि धेरै दुः ख पाएको गुनासो गर्नुभयो ।

    उहाँले भन्नुभयो, “लाइन बसेर टिकट काटेर डाक्टर भेट्नै चार दिन लाग्यो”, उहाँले गुनासो गर्दै भन्नुभयो, “सिस्टम भएन, कर्मचारी थोरै भए सुधार गरेर लैजानुपर्छ ।” मिर्गौलामा पत्थरी भएको र शल्यक्रिया गर्नुपर्ने चिकित्सकले जनाएपछि अब कहिले शल्यक्रिया हुने हो अझै टुङ्गो नलागेको उहाँले बताउनुभयो ।

    अस्पतालमा शल्यक्रियाका लागि महिनौँ पालो कुर्नुपर्ने अर्को बाध्यता रहेको छ । भरतपुर महानगरपालिका–७ का सुनिल ढकाल मर्किएको हातको एक्स–रे गर्न बिहीबारदेखि अस्पतालकै बहिरङ्ग सेवामा घुमिरहनुभएको छ । उहाँले भन्नुभयो, “आज एक्स–रे गर्न पाए आइतबार डाक्टरलाई देखाउँथे ।” उहाँले एक्स–रे गरेर रिपोर्ट देखाउँन मात्रै तीन दिन समय लाग्ने बताउँदै भिड नियन्त्रण नहुँदा समस्या भएको बताउनुभयो । उहाँले गुनासो छ, “चिकित्सक कर्मचारी आफ्नो मान्छे भए भित्रबाट फटाफट काम हुँदोरहेछ, सर्वसाधारणलाई सास्ती ।”

    उहाँ जस्तै बिहीबार आमाको उपचार गर्न माडीबाट आउनुभएका देवराज बरालको गुनासो पनि उस्तै छ । यी प्रतिनिधि पात्र मात्रै होइन, अस्पताल आउने धेरैको अवस्था यस्तै छ ।

    अस्पतालमा भौतिक पूर्वाधार निर्माण र उपकरण पर्याप्त भएर पनि सर्वसाधारणले सहज सेवा पाउन सकेका छैनन् । सामान्य बहिरङ्ग सेवा (ओपिडी) सेवा लिनसमेत चार दिनसम्म धाउनुपर्ने बाध्यता अस्पतालमा छ । अस्पताल केन्द्रीय भएसँगै सहज उपचार सेवा पाउने आम नागरिकको अपेक्षाअनुरुपको सेवा अझै अस्पतालले दिन सकेको छैन ।

    विशेषज्ञता हासिल गरेका चिकित्सक भेट्न बिरामीलाई मुस्किल पर्ने गरेको छ । सरकारी अस्पताल भए पनि कतिपय शुल्क निजीसरह छन् भने बीमामार्फत पाउनुपर्ने औषधि अस्पतालले खरिद नगर्दा बिरामीले नगदमा खरिद गर्न बाध्य छन् ।

    आफ्ना आफन्तको उपचारका लागि आएका जोकोहीलाई भेटेर सोध्दै गर्दा सेवामा गुनासैगुनासा सुन्ने गरिन्छ । पत्रकार रमेशकुमार पौडेलले विगतको तुलनामा केही सुधार हुँदै गए पनि सुधार गर्नुपर्ने धेरै विषय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “चिकित्सक स्वास्थ्यकर्मीले बिरामीले खोजेको जस्तै व्यवहार पनि पाउँदैनन् ।” उहाँले राति ९ बजेपछि भिडियो एक्स–रे गर्न अस्पताल बाहिर जानु परेको गुनासो गर्नुभयो ।

    अस्पतालको बहिरङ्ग सेवामा मेडिकल अधिकृत राख्ने र अतिरिक्त शुल्क लिएर विशेषज्ञले परीक्षण गर्नेक्रम बढ्दो छ । बिरामीलाई अतिरिक्त शुल्क लिन बाध्य पार्ने गरिएको गुनासो गर्नुभयो । बीमाका बिरामीले जनरलमा टिकट काटेर परीक्षणपछि नगद रु पाँच सय तिरेर अतिरिक्त सेवा ९इएचएस० लिन बाध्य पारिने गरिएको छ ।

    बीमामा एक हजार ७८ प्रकारका औषधि उल्लेख भए पनि अस्पतालले समयमा खरिद नगर्दा न्यून सङ्ख्यामा मात्रै पाइने गरेको छ । यसका कारण बिरामी औषधि खरिदका लागि बाहिर जान बाध्य छन् । अस्पतालका सबैजसो विभागमा समस्यै समस्याका चाङ छन् । समस्या समाधानतर्फ अस्पताल प्रशासन नलागेको गुनासो सुन्ने गरिन्छ ।

    अस्पताल सञ्चालक समितिका अध्यक्ष राजु पौडेल जनशक्ति र पूर्वाधार थप नगरेसम्म सेवा सुधार गर्न नसकिने उल्ल्लेख गर्नुभयो । गुनासा र समस्या रहेको स्वीकार्दै उहाँले सरकारको एक सय ५० श्ययाको जनशक्तिमा छ सय श्यया चल्दा समस्या भएको बताउनुभयो ।

    मन्त्रालयले ‘ओएनएम सर्भे’ गरेर एक हजार ८७ दरबन्दी आवश्यक पर्ने उल्लेख गरे पनि नीतिगत निर्णय भएर कार्यान्वयनमा नआएका कारण समस्या रहेको उहाँको भनाइ छ ।

    समयमा औषधि खरिद गर्न नसक्दा बीमाको सबै औषधि बिरामीले पाउन नसकेको सञ्चालक समितिका अध्यक्ष बताउनुभयो । अस्पतालका कतिपय चिकित्सक–स्वास्थ्यकर्मी र कर्मचारीले आफ्नो जिम्मेवारी पूरा नगर्ने र प्रशासनिक निकायको निर्देशन पालना नगर्दा अस्पतालमा समस्या आउने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा उपसभापतिमा सोविता गौतम विजयी
    रास्वपा महाधिवेशन : ५० करोडभन्दा बढीको व्यापार
    विपिन आचार्यलाई समर्थन गर्दै रञ्जु दर्शनाले फिर्ता लिइन् उम्मेदवारी
    • सालक बागमती प्रदेशको गौरव
    • सुनचाँदीको मूल्य अस्थिर
    • रास्वपाको मतदान सम्पन्न
    • दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.