सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन २ मा २४ जनाकै उम्मेदवारी कायम


  •    न्युजभित्तो/२३ चैत्र २०७९, बिहीबार १०:५९ 
  • चितवन,२३ चैत । बैशाख १० गते चितवन क्षेत्र नं २ मा हुन लागेको उपनिर्वाचनको लागि २४ जनाकै उमेदवारी कायम भएको छ । चैत २० गते उमेदवारी दिएका उमेदवारको विरोधमा चैत २१ गते उजुरी दिने समय थियो ।

    उमेदवार रवि लामिछाने विरुद्ध चार वटा उजुरी दर्ता भएपनि तीन वटामा दाबी विरोध नपुगेको र एउटामा हेर्न नमिल्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्णय गरेको हो ।

    उजुरीमाथि जाँचबुझ गरी कार्यालयले हिजो (बुधबार) उमेदवारको नामावली प्रकाशन गरेको हो । आज बिहान ९ बजेदेखि १ बजेसम्म उमेदवारको नाम फिर्ता लिन सकिने निर्वाचन कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।

    त्यसपछि कार्यालयले दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ । आजै साँझ ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।

    बैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल
    भोटेकोसी–बुढीगण्डकी बाढी प्रभावितको कनेक्टिभिटी जोड्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति
    • जनताको वास्तविक समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ
    • दुर्गन्धित शौचालय र अव्यवस्थित परिसरबारे गुनासोपछि भरतपुर विमानस्थलमा अनुगमन
    • भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा
    • गरिमा विकास बैंकले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने, चुक्ता पूँजी ६ अर्ब ६२ करोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.