चितवन सेरोफेरो
चितवन,७ बैशाख। प्रधानमन्त्रीसहित तीन पूर्वप्रधानमन्त्री चितवन आउँदै छन् । लोकतान्त्रिक बाम गठबन्धनले आज पूर्वी चितवनको कालिका नगरपालिकामा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्न उनीहरु चितवन आउन लागेका हुन् । वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको सन्दर्भमा गठबन्धनका...
चितवन,६ वैशाख । उपनिर्वाचनमा नेकपा (एमाले)बाट चितवन–२ मा उम्मेदवार बनेका रामप्रसाद न्यौपानेले जनताको सेवक बनेर काम गर्ने बताएका छन् । आज बिहान नारायणगढको पोखरा बसपार्कमा आयोजित कोणसभालाई सम्बोधन गर्दै न्यौपानेले भने, ‘म निर्वाचित भएर गएपछि सांसद होइन, तपाइँहरुको सेवक बनेर...
चितवन,६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी सवारी चालक दिलबहादुर थापाको स्वास्थ्य अवस्था अझै चिन्ताजनक छ। गत सोमबार भरतपुरमा लामिछानेको घरको तीन तलामाथिबाट खसेका थापालाई मंगलबार एयरलिफ्ट गरी काठमाडौं लगिएको थियो । अहिलेको उनको मेडिसिटी अस्पतालमा उपचार...
चितवन,६ वैशाख। निर्वाचनलाई लक्षित गर्दै अनुमति लिएर राखिएका हतियारमध्ये चितवनमा दुई थान हतियारमात्र बुझाइएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनपछि फिर्ता लगिएका दुई हतियार बुझाइएको हो । जिल्लामा...
चितवन,५ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारीचालक दिलबहादुर थापा घाइते भएको घटनाको प्रहरी अनुसन्धान जारी छ । प्रहरीले सीसीटीभी, स्थलगत अध्ययन र सम्बन्धित व्यक्तिहरूसित सोधपुछ गरिरहेको छ । आफूहरू कुनै निष्कर्षमा नपुगेको र कसैलाई पनि पक्राउ...
चितवन,४ वैशाख। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बन्ने पक्का भएको बताएकी छन् । बाग्मती प्रादेशिक क्रिकेट संघ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिताको उद्घाटन गर्दै मेयर दाहालले अब केही प्रकृयाहरु मिलाएर...
चितवन,४ वैशाख। उनले कसैले मतदान गर्न नसक्ने भए स्पष्ट भन्न आग्रह गर्दै बाहिर बाहिर रुख भन्दै हिँडेर तलमाथि नगर्न चेतावनी दिए। ‘एक जना पनि कांग्रेसको साथीले दायाँबायाँ तलमाथि गर्नुभयो भने मैले सधैं भन्दै आएको छु । म भगवानमा विश्वास...
चितवन,४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वनिर्धारित चुनावी प्रचार रोकेका छन्। चितवन-२ मा रास्वपाबाट उम्मेदवार बनेका लामिछाने निजी सवारी चालक दिलबहादुर थापा घरको छतबाट लडेर गम्भीर घाइते भएपछि आज बारामा गर्ने भनिएका चुनावी प्रचारका कार्यक्रम सहभागी नभएका...
चितवन,४ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सवारी चालक छतबाट खसेको घटना अनुसन्धानका लागि महामन्त्री मुकुल ढकालका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार छतबाट खसेका लामिछानेका चालक शम्भु भनिने दिलबहादुर...
चितवन,४ वैशाख । देशभरका पालिकालाई फोहोर व्यवस्थापन चुनौती बनिरहेका बेला चितवनको रत्ननगर नगरपालिकाले नमूना फोहोर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका संघले शहरी सरसफाइ...














