सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका तीन हजार दुई सय बिघा जग्गा सिञ्चित


  •    न्युजभित्तो/१८ जेष्ठ २०८०, बिहीबार ११:१६ 
  • चितवन,१८ जेठ । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले जिल्लाका तीन हजार दुई सय ६० बिघा क्षेत्रफलमा सिँचाइ पुर्याएको छ । जिल्लामा सिँचाइ अभावका कारण बाँझो रहेका जमिनलाई लक्षित गर्दै सिँचाइका कार्यक्रम लागू भएको तीन वर्ष पूरा हुनलाग्दा सो क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको हो ।

    आर्थिक वर्ष २०७७÷७८ मा स्थापना भएको यस आयोजनाले पाँच वर्षसम्म काम गर्ने छ । चितवन र मकवानपुर क्षेत्रमा गरी यस कार्यालयले हालसम्म तीन हजार छ सय १० बिघा क्षेत्रफलमा सिँचाइको व्यवस्था गरेको कार्यालयका संयोजक देवकुमार स्याङ्वोले जानकारी दिनुभयो । चितवनको छवटा पालिका र मकवानपुरका तीन पालिकामा अहिले कार्यक्रम लागू भइरहेको छ । यस क्रममा चितवनमा तीन सय ६० स्थानमा स्यालो ट्युबेल र ५२ वटा डिप ट्युबेल स्थापना गरी सञ्चालनमा ल्याइएको उहाँले बताउनुभयो । मकवानपुरमा १० वटा डिप ट्युबेल सञ्चालनमा ल्याइएको छ ।

    आयोजना १० हजार पाँच सय हेक्टर क्षेत्रफल सिँचाइ गर्ने योजनाका साथ स्थापना भएको हो । तीन वर्षमा गरेको प्रगति र बजेटको अवस्था हेरेर कार्यक्रम सञ्चालन गर्दै आएको स्याङ्वोले  बताउनुभयो । अहिलेसम्म रु ६० करोड बराबरको काम भएको उहाँले जानकारी दिनुभयो । अहिले आयोजनाले बाह्र महिना नै सिँचाइको व्यवस्था हुने गरी सुक्खा क्षेत्रमा काम गर्दै आएको छ ।

    स्याङ्वोले भन्नुभयो, “सिँचाइ अभावका कारण खेती गर्नबाट बञ्चित कृषकलाई लाभ हुने गरी काम गरिरहेका छौँ ।” आयोजनाले विशेषगरी भरतपुर महानगरपालिकाका क्षेत्रमा काम गरेको छ । यस आर्थिक वर्षबाट आयोजनाले बर्दघाट–सुस्तापूर्व नवपलपरासीसमेत समेट्ने गरी काम गर्न लागेको छ । विसं २०८१÷८२ सम्मका लागि यस आयोजनामा रु चार अर्ब ६४ करोड बजेट स्वीकृत भएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.