सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका पत्रकार अनिल ढकाललाई ‘ विकास पत्रकारिता पुरस्कार’ प्रदान

  •    न्युजभित्तो/१५ जेष्ठ २०८०, सोमबार १६:४४ 
  • चितवन,१५ जेठ। चितवनका पत्रकार अनिल ढकाल विकास पत्रकारिता पुरस्कारद्वारा सम्मानित भएका छन् । अन्नपूर्ण पोष्ट दैनिकका चितवन सम्बाददाता ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका हुन् ।

    ढकाललाई १६ औं गणतन्त्र दिवस–२०८० को अवसरमा विकास पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । पश्चिम चितवनमा जन्मिएर दुई दशकदेखि पत्रकारितामा सक्रिय ढकाललाई नगद २० हजार रुपैयाँ सहितको पुरस्कार प्रदान गरिएको छ । मुख्यमन्त्रीको कार्यालय हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख यादव चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जमकट्टेलले पुरस्कार दिएका छन् । ढकालसँगै बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामीण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भएका छन् । पत्रकारितामा योगदान गरेर पनि ओझेलमा परेकाहरुको कदर गरेर पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवम् प्रेस रजिस्टार रेवती सापकोटाले बताए ।

    ‘नेपालका आधा पत्रकारको कार्यक्षेत्र रहेको बागमती प्रदेशको १३ वटै जिल्लामा कार्यरत पत्रकारले आफ्नो प्रदेशको अनुुभूति गर्न सक्ने गरी प्रदेश सरकारले सम्मान गरेको छ’ सापकोटाले भने ‘ओझेलमा परेका, अरुले नदेखेका, आफनो कर्मक्षेत्रमा निरन्तर खटिइरहेका, पत्रकारिता पेसालाई आफनो जिम्मेवारी र दायित्व सम्झिएका सबैको अधिकतम् प्रतिनिधित्व हुने गरी छनौट गरिएको हो ।’

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    घरेलु श्रमिकलाई सुरक्षित बनाउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव
    विपन्न बालबालिकाहरुको सहारा बन्यो गाउँपालिका
    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    • कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    • पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी

    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.